‘महाधिवेशनमा ओलीले प्यानल बनाउनु हुँदैन’
विराटनगर । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष सतहमा आउन थालेको छ ।
अध्यक्ष केपी शर्मा ओली सर्वसम्मतिको प्रयासमा वा आफ्नो अनुकूलको टिम बनाउन खोजिरहेको चर्चा चलिरहँदा एमालेका एक प्रभावशाली पोलिटब्युरो सदस्यले अध्यक्ष ओलीलाई ‘प्यानल’ नबनाउन चेतावनी दिएका छन् । यद्यपि उनले आफ्नो नाम भने खुलाउन चाहेनन् ।
ती सदस्यले अध्यक्ष ओलीको कोर टिमले आफूलाई पाखा लगाउन खोजेको गुनासो गर्दै अध्यक्षले समूहबन्दी गरेर चुनाव लडे त्यो स्वयं ओलीका लागि प्रत्युत्पादक हुने विश्लेषण सुनाए ।
उनले एमालेभित्र अहिले अस्वाभाविक मौनता रहेको र नेता–कार्यकर्ताहरू खुलेर बोल्न नसकेको दाबी गरे । सबैले परिस्थिति हेरेर (क्याल्कुलेटिभ) कदम चालिरहेको उनको भनाइ छ ।
‘अहिले बिचमा सबैजना मान्छे बोलिराख्या छैनन् । एकदम क्याल्कुलेटिभ छ हाम्रो पनि,’ उनले भने, ‘अलिअलि आलोचनात्मक ढंगले बोल्ने मान्छेहरूमाथि झन् सारो यसो पर बसेर हेर्ने काम भइराख्या छ । म त्यसैभित्र पर्छु ।’
उनले आफूलाई अध्यक्ष ओलीको टिमभित्रका केही मान्छेले स्थान नदिन खोजेको आरोप लगाए । ‘उहाँ (ओली)को टिमभित्र मलाई धकेलेर पन्छाउने, त्यसपछाडि आफ्नालागि स्पेस बनाउन खोज्ने मान्छे छन्,’ उनले भने ।
ती पोलिटब्युरो सदस्यले आफू आगामी महाधिवेशनमा पदाधिकारी पदको दाबेदार रहेको पनि स्पष्ट पारे । आफूभन्दा सिनियर नेता आएमात्र सोच्न सकिने बताउँदै उनले नत्र जुनियरका लागि मैदान नछोड्ने दाबी गरे । ‘मैले पनि आफूलाई डिक्लिअर गरिराखेको छु,’ उनले भने, ‘मभन्दा सिनियर आए भने म यसबारेमा सोचौँला, मभन्दा जुनियरलाई चाहिँ छोडेर म ब्याक हुन्नँ ।’
पार्टीको ‘पब्लिक अफेयर्स’ र आफ्नो क्षमताको आधारमा आफू उक्त पदका लागि योग्य रहेको उनको दाबी छ ।
ती नेताले अध्यक्ष ओलीले ‘समूहबन्दी’ वा प्यानल बनाएर चुनावमा जानु उनकै लागि घातक हुने चेतावनी दिए । उनले अध्यक्षले प्यानल बनाउँदा प्यानलका मान्छेमात्र आफ्नो हुने र बाँकी ठुलो पंक्ति चिढिने खतरा औँल्याए । ‘यतिखेर केपी ओलीले आफूलाई सग्लो रूपमा निकाल्ने र हल नगर्ने हो भने समूहबन्दी गर्नु अनुचित हुन्छ,’ उनको भनाइ छ, ‘पदाधिकारीको किन समूहबन्दी गर्नुप¥यो ? पदाधिकारीमा उठेका मान्छे जो जित्छ, त्यो उहाँको हुन्छ नि ।’
उनले अध्यक्षले नै गुट बनाएर लाग्दा अर्को पक्षलाई पनि गुट बनाउन बाध्य पार्ने र त्यसले पार्टीलाई नोक्सान पु-याउने बताए ।
ती नेताको विश्लेषणमा महाधिवेशनमा सयौँ आकांक्षी छन्, तर पद सीमित छ । यदि अध्यक्षले सीमित मान्छेको टिम बनाएर च्याप्ने हो भने असन्तुष्टहरूको ठुलो जमात खडा हुने उनले बताए । ‘तल सदस्यहरूको इस्यु क्यान्डिडेटहरू धेरै छन् । उता (जित्ने) सय जना होलान्–नहोलान्, यता चार–पाँच सय, छ–सात सय कति हुन्छन्,’ उनले गणितीय विश्लेषण गर्दै भने, ‘अनि तीमध्ये दुई सय जना मान्छेचाहिँ म्यानेज गरेर बाँकी म्यानेज नहुँदा के हुन्छ त ? त्यो बिग्रिन्छ । त्यसैले समूहबन्दी चाहिँ उचित होइन ।’
समूहबन्दी अध्यक्ष ओलीको हितमा नभएको निष्कर्ष उनको छ । ‘समूहबन्दी गरियो भने त्यसको लाभचाहिँ ईश्वर पोखरेल पक्षले लिन्छ । त्यसैले समूहबन्दी केपी ओलीको हितमा छैन,’ उनले भने ।
उनले पार्टी पंक्ति र जनमानसमा अध्यक्ष ओलीप्रति सम्मान भए पनि उनको वरिपरि रहेका मान्छेहरूप्रति वितृष्णा रहेको बताए । उनले अध्यक्षलाई घेराबन्दी गरिएको आरोप लगाए । ‘अहिलेको सन्दर्भमा बुढाकै पक्षमा भनिने मान्छेहरू पनि सामान्यतया बुढा धेरै खराब होइन, उनका नजिक हुन खोज्नेहरूले खराब गरे भन्नेखालको कुरा आइराख्या छ,’ उनले भने, ‘बुढाले सबैलाई समेटिराखेको पनि म देख्दिनँ । नसमेटेपछि त कस्तो खालको केन्द्रीय कमिटी बनाउने हो उहाँले ?’
राजनीतिक विश्लेषक कृष्ण पोखरेल भने ओलीले यस पटक पनि दशौँ महाधिवेशनमा जस्तै सर्वसम्मतिको नाममा सूची जारी गराउने सम्भावना रहेको बताउँछन् । ‘उनले (ओलीले) सर्वसम्मति जनाउँ भनेर अघिल्लो महाधिवेशनजस्तै पूरै सूची जारी गराउँछन् । त्यसका लागि विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्छन् । निर्वाचनचाहिँ हुन्छ र जित छ्यासमिसे हुन सक्छ,’ पोखरेलले भने ।
ओलीले टिम बनाउँदा आफूले जितेपछि टिमका अरुले नजित्नुमा ओलीलाई खासै मतलब नहुने पोखरेलले बताए । ‘उनलाई के घाटा, के नाफा ? उनी आफू जित्छन्, पुगिहाल्यो नि । शंकर पोखरेल हार्ने सम्भावना देख्छु !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पुँजीगत खर्च दयनीय, रास्वपा महाधिवेशनमा देखिएला चुनावी ‘साइड इफेक्ट’ ?
-
रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ
-
स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण