आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म ‘अखण्डा २’ को मिल्यो विवाद

डिसेम्बर १२ मा रिलिज हुने
बुधबार, २४ मङ्सिर २०८२, १४ : ४५
बुधबार, २४ मङ्सिर २०८२

सारांश

  • तेलुगु सुपरस्टार नन्दमुरी बालकृष्णको फिल्म 'अखण्डा २' डिसेम्बर १२ मा रिलिज हुने भएको छ।
  • कानुनी विवादका कारण फिल्म रिलिज अनिश्चित बनेकोमा समाधानपछि एक साता ढिलो गरी प्रदर्शन हुने भएको हो।
  • 'अखण्डा २' मा नन्दमुरी बालकृष्ण तीन फरक भूमिकामा देखिनेछन्, जसमा संयुक्ता, आधी पिनिसेट्टी र हर्षाली मल्होत्राको पनि अभिनय रहेको छ।

मुम्बई । तेलुगु सुपरस्टार नन्दमुरी बालकृष्णको बहुप्रतीक्षित फिल्म ‘अखण्डा २’ डिसेम्बर १२ मा रिलिज हुने भएको छ । निर्माण युनिटले सामाजिक सञ्जाल ट्विटर मार्फत नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मितिबारे जानकारी दिएका हुन् ।

फिल्मको भव्य प्रिमियर एक दिनअघि अर्थात् डिसेम्बर ११ मा हुनेछ । यसअघि यो फिल्म डिसेम्बर ५ मा रिलिज हुने तय भएको थियो । तर, तमिलनाडुमा इरोज इन्टरनेसनल मिडिया लिमिटेड र १४ रिल्स इन्टरटेनमेन्ट प्रालिबिचको कानुनी विवादका कारण फिल्मको रिलिज अनिश्चितकालका लागि रोकिएको थियो ।

मद्रास उच्च अदालतले १४ रिल्स इन्टरटेनमेन्टविरुद्ध करिब २८ करोड भारुको पुरानो आर्थिक विवादका कारण फिल्मको प्रदर्शनमा रोक लगाएको थियो । अहिले कानुनी र आर्थिक समस्याहरू समाधान भएपछि फिल्म एक साता ढिलो गरी रिलिज हुन लागेको हो ।

बोयापति श्रीनुद्वारा निर्देशित ‘अखण्डा २’ मा नन्दमुरी बालकृष्ण तीन फरक–फरक भूमिकामा देखिनेछन् । फिल्ममा उनीसँगै संयुक्ता, आधी पिनिसेट्टी र हर्षाली मल्होत्राको पनि मुख्य भूमिका छ । फिल्मलाई लिएर दर्शकहरूमा ठुलो उत्साह देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप