मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस बारा–४ बाट ७ जना उम्मेदवारको नाम सिफारिस

बुधबार, २४ मङ्सिर २०८२, २१ : ४४
बुधबार, २४ मङ्सिर २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि  नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर ४ मा ७ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । 

बुधवार बसेको पार्टीको क्षेत्रीय भेलाले अगामी निर्वाचनमा बारा–४ बाट उम्मेदवारहरूको नाम सिफारिस गरेको हो । 

सिफारिस हुनेहरूमा कांग्रेस महासमिति सदस्य श्यामबाबु गुप्ता, केन्द्रीय सदस्यहरू बृजलाल यादव, कृष्णब्रत सिंह, शोभाकर पराजुली, युवा नेताहरू नवराज त्रिपाठी, दिपेन्द्र पटेल र राजकिशोर गुप्ता रहेका छन् । 

छलफलमा सहभागी नेपाली कांग्रेसका युवा नेता शेखर भण्डारीले ७ जना उम्मेदवारको दाबी रहेपनि नवराज त्रिपाठी र राजकिशोर गुप्ता बाहेकका ४ जना मुख्य दावेदार रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप