लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण
सिरहा । अन्तरराष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान कम्प्युटर, पाँच थान प्रिन्टर तथा एक थान स्मार्ट बोर्ड प्रदान गरेको छ ।
सिलिड्स परियोजनामार्फत हेल्भेटासले बुधबार यहाँ आयोजित एक कार्यक्रममा ती सामग्री हस्तान्तरण गरेको हो । हेल्भेटासका स्थानीय प्रतिनिधि श्रद्धा श्रेष्ठले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई ती सामग्री हस्तान्तरण गरिन् ।
यसअघि स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था आसमान नेपालले नगरपालिकालाई कम्प्युटर, प्रिन्टर, दराज, टेबल, पङ्खा प्रदान गरेको थियो । निजी तथा आवासीय विद्यालयहरूको संस्था (प्याब्सन) सिरहा, कार्नीभल सिनेमा हललगायत स्थानीय सङ्घसंस्थाले पनि डेस्कटप कम्प्युटर, ल्यापटप, प्रिन्टर र फर्निचर उपलब्ध गराएका थिए ।
जेनजी आन्दोलनका क्रममा नगर कार्यपालिका भवनका साथै उपकरणमा क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण