सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँमा चोरीका सामानसहित एक महिला पक्राउ

शुक्रबार, २६ मङ्सिर २०८२, १८ : १६
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • काठमाडौं प्रहरीले चोरीका सामानसहित एक महिलालाई पक्राउ गरेको छ।
  • प्रहरीका अनुसार, महिलालाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको हो, र उनी बैतडीकी हुन्।
  • पक्राउ परेकी महिलाबाट सुनका गरगहना, ल्यापटप र प्रिन्टर लगायतका सामान बरामद भएका छन्।

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीका विभिन्न सामानहरू सहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार, काठमाडौं महानगरपालिका-१०, देवीनगरस्थित एक घरबाट नगद तथा सुनका गरगहना चोरी भएको भनी मंसिर २२ गते प्राप्त निवेदनका आधारमा अनुसन्धान गरिएको थियो।

अनुसन्धान र खोजतलासका क्रममा प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले बैतडी पुर्चौडी नगरपालिका-८ घर भई हाल काठमाडौं महानगरपालिका-१०, बानेश्वर हाईटमा डेरा गरी बस्ने ४१ वर्षीया गौरी भन्ने गजेन्द्रा लुहारलाई मंसिर २५ गते बेलुका करिब ६ बजे चोरीका सामानहरू सहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेकी लुहारलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानहरू:

  • सुनको जस्तो देखिने रानी हार - १ थान
  • सुनको जस्तो देखिने बाला - १ जोर
  • सुनको जस्तो देखिने छड्के तिलहरी - १ थान
  • सुनको जस्तो देखिने माहिली तिलहरी - १ थान
  • सुनको जस्तो देखिने कान्छी तिलहरी - १ थान
  • लेडिज घडी - १ थान
  • डेल (DELL) ल्यापटप - १ थान
  • ब्रदर (BROTHER) प्रिन्टर - १ थान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप