काठमाडौँमा चोरीका सामानसहित एक महिला पक्राउ
शुक्रबार, २६ मङ्सिर २०८२, १८ : १६
सारांश
- काठमाडौं प्रहरीले चोरीका सामानसहित एक महिलालाई पक्राउ गरेको छ।
- प्रहरीका अनुसार, महिलालाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको हो, र उनी बैतडीकी हुन्।
- पक्राउ परेकी महिलाबाट सुनका गरगहना, ल्यापटप र प्रिन्टर लगायतका सामान बरामद भएका छन्।
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीका विभिन्न सामानहरू सहित एक महिलालाई नियन्त्रणमा लिएको छ।
प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार, काठमाडौं महानगरपालिका-१०, देवीनगरस्थित एक घरबाट नगद तथा सुनका गरगहना चोरी भएको भनी मंसिर २२ गते प्राप्त निवेदनका आधारमा अनुसन्धान गरिएको थियो।
अनुसन्धान र खोजतलासका क्रममा प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले बैतडी पुर्चौडी नगरपालिका-८ घर भई हाल काठमाडौं महानगरपालिका-१०, बानेश्वर हाईटमा डेरा गरी बस्ने ४१ वर्षीया गौरी भन्ने गजेन्द्रा लुहारलाई मंसिर २५ गते बेलुका करिब ६ बजे चोरीका सामानहरू सहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी लुहारलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानहरू:
- सुनको जस्तो देखिने रानी हार - १ थान
- सुनको जस्तो देखिने बाला - १ जोर
- सुनको जस्तो देखिने छड्के तिलहरी - १ थान
- सुनको जस्तो देखिने माहिली तिलहरी - १ थान
- सुनको जस्तो देखिने कान्छी तिलहरी - १ थान
- लेडिज घडी - १ थान
- डेल (DELL) ल्यापटप - १ थान
- ब्रदर (BROTHER) प्रिन्टर - १ थान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण