बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेश सरकार विस्तारबारे सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

शुक्रबार, २६ मङ्सिर २०८२, १९ : ३३
शुक्रबार, २६ मङ्सिर २०८२

काठमाडौँ । मन्त्रालय भागबण्डा, सभामुख नियुक्ति र गठबन्धन समन्वयबारे छलफल गर्न शुक्रबार बिहान बोलाइएको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ ।

बिहान ११ बजे सुरु भएको बैठक निष्कर्षविहीन बनेको हाे । जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव प्रदेशबाहिर रहको एक सहभागी नेताले जानकारी दिए । 

उनका अनुसार बैठकमा सरकारमा सहभागिता र भागबण्डाबारे सामान्य चर्चा मात्र भएपनि ठोस सहमति भने बन्न सकेन ।सात दलीय गठबन्धनको समर्थनमा गत १९ मंसिरमा नेपाली कांग्रेस संसदीय दलका नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएका थिए । 

उनले २१ मंसिरमै पद तथा गोपनीयताको शपथ लिएर मन्त्रिपरिषद् विस्तारको सुरुवात गरेका थिए ।

गठबन्धनका शीर्ष नेताहरूले सरकार विस्तारका बाँकी विषयमा सहमति जुटाउन अब बस्ने अर्को बैठकमा पुनः निर्णय गर्ने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप