राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट राईको उम्मेदवारी घोषणा
खोटाङ । राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मिरेश राईको एकल उम्मेदवारी परेको छ ।
पार्टीले दिक्तेलमा आयोजना गरेको सभामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम निवासी २५ वर्षीय युवक राईले उम्मेदवारी घोषणा गरेका हुन् ।
महेन्द्र रत्न क्याम्पस बहुमुखी ताहाचलमा शिक्षा शङ्काय लिएर स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उम्मेदवार राई जेनजी आन्दोलनमा सहभागी युवक हुन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि उम्मेदवार भएका जिल्लाका अन्य उम्मेदवारभन्दा राई कम उमेरका रहेका राष्ट्रिय परिवर्तन पार्टीले दाबी गरेको छ ।
युवाको माग र पूराना राजनीतिक दलप्रति जनतामा निराशा बढ्दै गएकाले ती निराशा चिर्नका लागि आफूले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी घोषणा गरेको राईले बताए । आगामी फागुनमा हुने चुनावका लागि राष्ट्रिय परिवर्तन पार्टीले सात बुँदे चुनावी घोषणापत्रसमेत सार्वजनिक गरेको छ ।
चुनावी घोषणापत्रमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली, शून्य भ्रष्टाचार, सुशासन र इमान्दार राजनीति, ‘अबको देश विकासमा नेपालका युवा नेपालमै’, जनताप्रति पूर्ण पारदर्शी सरकार, राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षा तथा नेपाली भेष, न्याय, शिक्षा र स्वास्थ्यको देशलगायत बुँदा समेटिएका छन् । उम्मेदवारी घोषणासभामा सहभागी हुनुअघि दिक्तेल बजारमा चुनाव चिह्न ‘बाँसुरी’ सहितको र्याली प्रदर्शन गरिएको थियो ।
उम्मेदवारी घोषणा गर्नुअघि राष्ट्रिय परिवर्तन पार्टी खोटाङले २१ वर्षीय युवक तपसेन राईको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमति गठन गरेको थियो ।
समितिको उपाध्यक्षहरूमा दौमन्ता राई, पवन चौलागाईं र युशन राई, सचिवमा रामकुमार राई, सहसचिवमा सुमन मगर र गङ्गा राई, कोषाध्यक्षमा ऋतु राई र सहकोषाध्यक्ष शम्भू नेपाली रहेका पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण