निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह
रौतहट । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।
रौतहटको चन्द्रपुर–८ मर्धरमा शुक्रबार आयोजित वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिसिङले देशको परिर्वतनको लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने भएकाले निर्वाचनमा सही व्यक्तिलाई निर्वाचित गर्न आग्रह गरे ।
देशले नयाँ र सक्षम नेतृत्व खोजिरहेको अवस्थामा आउँदो फागुन २१ गते हुने निर्वाचनमा देशलाई माया गर्ने र देशप्रति समर्पित नेतृत्व छान्न उनले आग्रह गरे ।
मन्त्री घिसिङले भने, “हाम्रो अवधि तीन महिनाभित्र सक्ने किसिमको काम हामी गरेर देखाउँछौँ तर तीन महिनापछि धेरै काम गर्नुपर्ने हुँदा सही नेतृत्व छान्ने काम जनतामा रहेको छ । अहिले हामीले काम गर्न नसक्ने ठेकेदारलाई धमाधम कारबाही गरिरहेका छौँ । रौतहटमा काम गर्न नसक्ने ठेकेदारलाई कारबाही गरेर विकासका काम अगाडि बढाउनेछौँ ।”
आफू विद्युत् प्राधिकरणको कार्यकारी अधिकृत हुँदा विद्युत्को क्षेत्रमा आमूल परिर्वतन आएको उल्लेख गर्दै उनले अब देशको सबै क्षेत्रम आमूल परिर्वतनको खाँचो रहेकाे बताए । देशका अधिकांश समस्याको समाधान गर्नका लागि सही नेतृत्वको चयन हुनुपर्ने भएकाले त्यसतर्फ आमनागरिकले ध्यान दिनुपर्नेमा उनको जोड छ ।
किसानको मागअनुसार अहिले सिँचाइ मन्त्रालयअन्तर्गत करिब रु १८ अर्ब बराबरको ‘डिप बोरिङ’ परियोजना चलिरहेको उनले जानकारी दिए ।
मन्त्री घिसिङले आजै रौतहटको अलपत्र अवस्थामा रहेको चन्द्रपुर–३ स्थित रहेको चादी नदीको पुल, दुर्गा भगवती गाउँपालिका–४ को बागमती नदीमा रहेको बडहर्वा पुल, गौर इशनाथ नगरपालिका जोड्ने बकैया नदीको टिकुलियाघाटको पुललगायत अनुगमन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण