घोराहीमा दुई सय बढी विद्यार्थीलाई न्यानो कपडा
सारांश
- घोराहीमा दुई सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरियो।
- वडा कार्यालयले तीन लाख रुपैयाँ विनियोजन गरी विद्यार्थीलाई कपडा दियो।
- विपन्न विद्यार्थीलाई सहयोग पुगेकोमा प्रधानाध्यापकले खुसी व्यक्त गरे।
दाङ। घोराहीमा दुई सय बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । घोराही उपमहानगरपालिका–१६ वडा कार्यालयले वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चिसो मौसममा लगाउन आवश्यक पर्ने जम्बर र टाउजर निःशुल्क सहयोग गरेको हो ।
घोराही उपमहानगरपालिका–१६ मा रहेका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत वडा कार्यालयले शुक्रबार पोसाक वितरण गरेको हो । वडा कार्यालयको आर्थिक वर्ष २०८२/८३ को सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरणका लागि विनियोजन गरिएको रु तीन लाखबाट वडामा रहेका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत एक सय २५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष ताराबहादुर डाँगीले जानकारी दिए ।
वडाध्यक्ष डाँगीका अनुसार प्राथमिक विद्यालय सानीअम्बापुर सर्रामा अध्ययनरत ४८, वातावरणीय आधारभूत विद्यालय करौतीडाँडामा अध्ययनरत ५८ र आधारभूत विद्यालय बाहुनडाँडामा अध्ययन एक सय १७ जना विद्यार्थीलाई चिसोमा लगाउनका लागि कपडा वितरण गरिएको हो । बाँकी रहेको बजेटबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिने बताए ।
न्यानो कपडा पाउँदा आर्थिक रूपमा विपन्न समुदायका बालबालिका खुसी भएका छन् । आर्थिक रूपमा विपन्न र कतिपय आमाबुबा नभएका बालबालिकाले विद्यालयमा पढ्ने गरेको र उनीहरूलाई न्यानो कपडा निःशुल्क रूपमा वडा कार्यालयले सहयोग गरेर विद्यार्थीलाई ठुलो गुन लगाउने काम गरेको आधारभूत विद्यालय बाहुनडाँडाका प्रधानाध्यापक रमेशकुमार पाण्डेयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण