६६ वर्षदेखि पालिएको विश्वकै लामो नङ्ग काटियो, म्युजियममा राखिने
एजेन्सी । ‘तिनीहरूलाई बढाउन वर्षौँ लागेको थियो तर काट्नको लागि दुई मिनेट पनि लागेन ।’
बुधबार एउटा हातमा सबैभन्दा लामो नङ्गको लागि गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका भारतको पुणे निबासी श्रीधर चिल्ललले अन्ततः आफ्ना नङ्गहरु काटे ।
अझै ठ्याक्कै भन्ने हो भने अनुहारमा मुखौटा लगाएका एक प्राविधिकले सावधानीपूर्वक नङ्गलाई हटाए ।
यो कार्य न्यूयोर्कमा विशेष कार्यक्रममा माझ सम्पन्न गरिएको थियो ।
८२ बर्षीया चिल्ललले १४ वर्षको उमेरदेखि आफ्नो बायाँ हातको नङ्ग बढाउदै आएका थिए ।
उनलाई यो कार्य गर्ने प्रेरणा उनले एक पटक आफ्नो एक शिक्षकको पालिरहेका नङ्ग भाचिदिए पछि शिक्षकको बचनले आएको थियो । शिक्षकले चिल्लरलाई आफैले नपालेसम्म नङ्ग लामो पाल्न कति कठिन हुन्छ थाहा हुँदैन भनेर रिस व्यक्त गरेका थिए ।
शिक्षकको भनाईले चिल्लरको मन छोयो । त्यसपछि पाल्न थालेको उनको नङ्ग अघिल्लो पटक नाप्दा २९ फिट १०.१ इन्च लामो थियो । उनको सबैभन्दा लामो नङ्ग उनको बुढी औलामा थियो ।
तर यत्रो नङ्ग लिएर बाँच्नु सजिलो काम भने थिएन । चिल्लरका अनुसार उनको नङ्ग यति कमजोर थियो कि सुत्दा नभाच्चीयोस् भनेर उनी उनी ख्याल गरेर सुत्थे । उनले भने : “नङ्गको सुरक्षाको लागि मैले धेरै हलचल गर्नु हुँदैनथ्यो । त्यसैले हरेक आधा घण्टामा म उठ्थें र हात अर्को तर्फ फर्काउथेँ ।” उनी यसै कारण नित्य पीडामा हुन्थ्यो । तर उनको नङ्गले केही फाइदा पनि ल्याउँथे । “मैले कहिले पनि लाइनमा उभिनु परेन ,” उनले गिनिज बुक रेकर्डस्सँगको कुरामा भने ।
यो ऐतिहासिक नङ्ग काट्ने समारोह टाइम्स स्क्वायरस्थित रिप्लीज विलिभ इट अर नट! संग्रालयमा सम्पन्न भएको थियो । चिल्ललको काटिएको लामो नङ्ग यहीँ सार्वजनिकमा प्रदर्शनमा राखिनेछ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण