राज्य प्रणाली माथिको आक्रमणविरुद्ध सबै दलले सङ्कल्प गर्नुपर्छ : पूर्णबहादुर खड्का
सारांश
- कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताए।
- उनले मुलुकको विषम परिस्थितिलाई राजनीतिक दलहरू एक ठाउँमा उभिएर समाधान गर्नुपर्ने धारणा राखे।
- खड्काले राज्य प्रणालीमाथिको आक्रमणविरुद्ध एकजुट भई जनताको अधिकार रक्षाका लागि लाग्नुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना मन्तव्य दिँदै खड्काले मुलुकको विषम परिस्थितिलाई राजनीतिक दलहरू एक ठाउँमा उभिएर लिकमा फर्काउन सक्नुपर्ने बताए ।
मुलुकका राष्ट्रिय धरोहरदेखि सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम समेत खरानी बनाएको भन्दै खड्काले यी सबै काम किन भए भनेर प्रश्न गरे ।
‘यी विषयमा हामी सबै राजनीतिक दलले निधार खुम्च्याएर, गम्भीर भएर, जिम्मेवारी बोध गरेर नयाँ सङ्कल्प, दृष्टिकोण र सोचका साथ राज्य प्रणालीमाथिको आक्रमणविरुद्ध एकताबद्ध भएर पुनर्निर्माण, भरोसा र डिरेल भएको संविधानलाई लिकमा ल्याएर जनताको अधिकारको रक्षाका लागि सबै दल एक भएर लाग्नुपर्ने छ’, खड्काको भनाइ छ ।
नेता खड्काले संवैधानिक निकासका लागि सर्वोच्चको आदेश पर्खने र सँगसँगै निर्वाचन भए निर्वाचनमा जानेगरी निर्णय गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण