विदेशी पेन्सन बैंकमा राख्दा अब बढी ब्याज पाइने
सोमबार, २९ मङ्सिर २०८२, १२ : ५५
सारांश
- नेपाल राष्ट्र बैंकले विदेशबाट आउने पेन्सन रेमिट्यान्स खातामा राख्न मिल्ने व्यवस्था गरेको छ।
- यसअघि वैदेशिक रोजगारीको रेमिट्यान्स मात्रै जम्मा गर्न पाइने व्यवस्था थियो।
- अबदेखि रेमिट्यान्स खातामा साधारण खाताभन्दा बढी ब्याज पाइनेछ।
काठमाडौँ । विदेशबाट आउने पेन्सन समेत रेमिट्यान्स खाता खोलेर राख्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्रमार्फत यस्तो व्यवस्था गरेको हो ।
यसअघि वैदेशिक रोजगारीमा गएर रेमिट्यान्स पठाउनेको रकम मात्रै यस्तो खातामा राख्न पाउने व्यवस्था गरिएको थियो । अहिले रेमिट्यान्स खातामा साधारण खाताभन्दा कम्तीका १ प्रतिशत विन्दुले ब्याजदर बढी कायम गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।
रेमिट्यान्स खातामा जम्मा गर्न पाइने भएसँगै यो रकममा पनि साधारण खाताभन्दा बढी ब्याज पाइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण