आन्तरिक राजश्व कार्यालय हटाएको विरोधमा राजविराजमा रिले अनशन
सप्तरी । सरकारले राजविराजमा रहेको आन्तरिक राजश्व कार्यालय हटाएपछि स्थानीयहरु रिले अनशनमा बसेका छन् । सरकारको निर्णयविरुद्ध स्थानिय जनप्रतिनिधि, व्यवसायी र राजनितिक दलका नेताहरुले रिले अनशन सुरु गरेका हुन् ।
राजविराजस्थित गजेन्द्रचोकमा शुक्रबारदेखि शुरु भएको अनशन सोमबार पनि जारी छ । ७२ हजारभन्दा बढी करदाता रहेको र १ अर्ब १० करोड रुपैयाँभन्दा बढी राजश्व संकलन हुने राजश्व कार्यालय जिल्लाबाट हटाउनु आपत्तिजनक भएको सरोकारवालाहरुको भनाइ छ । जेनजी विद्रोहवाट बनेको सरकारले सप्तरीका जनतामाथी अन्याय गरेको उनीहरुको आरोप छ ।
सरकारले आफ्ना माग पूरा नगरे पूर्वपश्चिम राजमार्ग नै ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् । कर कार्यालय पुनर्स्थापना तथा स्तरोन्नतिको माग गर्दै शुरु भएको रिले अनसनमा जिल्लाको सबैजसो राजनीतिक नेतृत्व, जनप्रतिनिधि, नागरिक समाज सबै रिले अनसनमा सहभागी भएका छन् ।
सोमबारको रिले अनसनमा नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य रञ्जित कर्ण, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति, पदाधिकारी तथा सदस्यहरू सहभागी छन् । सरकारले देशभरका ३६ वटा करदाता सेवा कार्यालय खारेज वा संरचना परिवर्तन गर्ने नीतिगत निर्णय गरेको छ । गत कात्तिकमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार राजविराजको कार्यालय पनि हटाइएको हो । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण