शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमाले महाधिवेशन : उपाध्यक्षमा उम्मेदवारी दिएका विष्टकाे यस्तो छ राजनीतिक यात्रा

सोमबार, २९ मङ्सिर २०८२, १९ : ५६
सोमबार, २९ मङ्सिर २०८२

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेको ११औँ महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहँदा उनले ईश्वर पोखरेल समूहबाट सोमबार उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तो छ विष्टको राजनीतिक यात्रा 

  • २०३५।३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी ।   

पञ्चायती कालमा  राजकाज, सार्वजनिक अपराध जस्ता विभिन्न मुद्दामा जेल र प्रहरी हिरासत।

  • २०५० सालसम्म अनेरास्ववियु, केन्द्रीय सचिवालय र विभिन्न विभाग प्रमुख तथा युवासंघ महासचिव ।
  • २०५६ देखि दुई कार्यकाल युवासंघ केन्द्रीय अध्यक्ष,थप अनुशासित, जुझारु र सशक्त युवा सङ्घ निर्माण ।
  • पार्टीको ७ औँ र ८ औँ महाधिवेशनबाट २ कार्यकाल केन्द्रीय सदस्य ।  
  • नवौँ महाधिवेशनबाट केन्द्रीय सचिव, मोर्चा विभाग प्रमुख ।
  • १०औँ महाधिवेशनबाट पुनः केन्द्रीय सचिवमा निर्वाचित, गण्डकी प्रदेश इन्चार्ज ।
  • २०५६ मा प्रतिनिधिसभा, ०७०मा संविधान सभा तथा ०७४ र ०७९ मा प्रतिनिधि सभा सदस्य ।
  • २०६८ सालमा ऊर्जामन्त्री (४ महिना)

विद्युत् चुहावट नियन्त्रण,  लोडसेडिङ न्यूनीकरण र लामो समयको बक्यौता रकम असुल गरी नेपाल विद्युत् प्राधिकरणलाई मजबुत बनाइएको, 

विद्युत् प्राधिकरणको अध्यक्ष मन्त्री रहने व्यवस्था परिमार्जन गरी सचिवलाई दिने तथा कार्यकारी प्रमुख खुला प्रतिस्पर्धाबाट नियुक्तिको सुरुवात,

माथिल्लो तामाकोशीको शिलान्यास, बुढीगण्डकी, नलसिंह गाड, उत्तर गंगा रसुवागढी, सान्जेन, मध्यभोटेकोशी, पश्चिम सेती लगायतका आयोजनाको काम तीव्र अघि बढाइयो । जसको परिणाम लोडसेडिङको अन्त्य र विद्युतीय  क्षमता अभिवृद्धि, 

१०मेगावाटभन्दा माथिका आयोजनाको लाइसेन्स प्रतिस्पर्धाबाट वितरण गर्ने कानुनी व्यवस्था, ऊर्जा विकास कम्पनी स्थापना, प्रसारण लाइनको मास्टर प्लान निर्माण ।

  • २०७२ सालको विनाशकारी भूकम्पमा नेकपा एमालेले तत्काल सञ्चालन गरेको एक महिने राष्ट्रिय स्वयंसेवक अभियानको संयोजक । उद्धार, राहत र पुनःनिर्माणका लागि दसौँ हजार स्वयंसेवक परिचालन ।
  • २०७४ चैत २ देखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री (२१ महिना) ।

ऐतिहासिक सामाजिक सुरक्षा योजना प्रारम्भ तथा कार्यान्वयन,  हाल २६ लाख बढी श्रमिक लाभान्वित, प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात, श्रमिकको न्यूनतम तलब पहिलो पटक ३९ प्रतिशतले वृद्धि, सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना,  प्रदेशबाटै श्रम स्वीकृति दिन सुरु, 

अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपाली श्रमिकको पक्षमा सशक्त वकालत, 

ठगी र सिन्डिकेट लगायतका विकृति हटाउँदै वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र प्रतिफलमुखी बनाउन नीतिगत तथा व्यवहारिक सुधार,

नेपाली श्रमिकको हितलाई सुनिश्चित गर्दै मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), मरिसस, जापान लगायतका मुलुकसँग श्रम सम्झौता ।

  • पार्टीलाई सधैँ एकताबद्ध र सुदृढ बनाउन सन्तुलित र संयोजनकारी भूमिका निर्वाह ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप