एमाले निर्वाचन : कुन पदमा क–कसको उम्मेदवारी ? (हेर्नुहोस् उम्मेदवारको प्रारम्भिक सूची)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी ह्वात्तै बढेको छ। केन्द्रीय निर्वाचन आयोगले सोमबार अबेर उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा जारी उम्मेदवारको प्रारम्भिक सूची सूचीअनुसार अध्यक्षका लागि दुई जना चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको हो।
त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा पनि दुई जनाबीच मात्र प्रतिस्पर्धा हुने भएको छ। महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।
विधान अनुसार ५ जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जना नेताहरूको उम्मेदवारी परेको छ। यस्तै ३ जना निर्वाचित हुने उपमहासचिव पदमा ६ जनाको उम्मेदवारी परेको छ।
९ सिट रहेको सचिव पदमा सबैभन्दा बढी आकर्षण देखिएको छ, जहाँ २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन्। सचिव बन्नका लागि गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राई लगायतका नेताहरूले उम्मेदवारी दिएका छन्।
पदाधिकारी बाहेक भूगोलतर्फ सातै प्रदेश र उपत्यका विशेष, तथा समावेशीतर्फ आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक र पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा ठूलो संख्यामा उम्मेदवारी परेको छ। त्यस्तै केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूमा पनि निर्वाचन हुने भएको छ।
निर्वाचन आयोगले उम्मेदवारको विरोधमा उजुरी, छानबिन र नाम फिर्ताको समय सकिएपछि अन्तिम नामावली प्रकाशन गरी मतदान प्रक्रिया अघि बढाउने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण