आईपीएल : नयाँ सिजन मार्चबाट सुरु हुने
मङ्गलबार, ०१ पुस २०८२, १० : ४९
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट २०२६ मार्च २६ देखि मे ३१ सम्म आयोजना हुने भएको छ।
- आईपीएलको १९ औं संस्करण पुरुष टी-ट्वान्टी विश्वकप समापन भएको तीन सातापछि सुरु हुनेछ।
- आज अबु धाबीमा आईपीएलको अक्सन हुँदैछ, जसमा ३६९ खेलाडी लिलामीका लागि सूचीकृत छन्।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट २०२६ मार्च २६ देखि मे ३१ सम्म आयोजना हुने भएको छ ।
बीसीसीआईले पूर्ण खेलतालिका घोषणा नगरेपनि अघिल्लो वर्षको जस्तै यो वर्ष पनि सोही समायमा हुने भएको हो ।
आईपीएलको १९ औं संस्करणको पुरुष टी–ट्वान्टी विश्वकप (भारत र श्रीलङ्कामा फेब्रुअरी ७ देखि मार्च ८) को समापन भएको करिब तीन सातापछि सुरु हुने ‘क्रिक इन्फो’ले लखेको छ ।
योसँगै लगातार दोस्रो वर्ष, आईपीएल पीएसएलसँग जुध्नेछ, जुन मार्च २६ देखि मे ३ सम्म आयोजना हुने तय छ ।
आइपीएलको अक्सन आज अबु धाबीमा हुँदैछ । जहाँ ३६९ खेलाडीहरूलाई लिलामीका लागि छोटो सूचीमा राखिएको छ ।
टिमहरूले ७७ खेलाडी अनुबन्ध गर्न पाउनेछन् । जसमा ३१ जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्नेछ ।
आईपीएलको गत सिजनको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण