मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न ध्यानाकर्षण

अनुशासनको कारबाही पनि फिर्ता गर्न माग
मङ्गलबार, ०१ पुस २०८२, १३ : १९
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेट गरी क्रियाशील सदस्यताको विषयमा छलफल गरे।
  • उनले सिरियल नम्बर बिनाका फारम फिर्ता गरी नयाँ पठाउन र अनुशासनको कारबाही फुकुवा गर्न आग्रह गरे।
  • कोइरालाले निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने बताए।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेट गरेका हुन् । मंगलबार सभापति देउवा निवास महाराजगन्जमा कोइराला अर्का नेता डा. मिनेन्द्र रिजाललाई लिएर पुगेका थिए । 

भेटमा डा. कोइरालाले क्रियाशील सदस्यता व्यवस्थापन समितिले ‘सिरियल नम्बर’ बिनाका फारम जिल्ला–जिल्लामा पठाएको घटना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवालगायत विषयमा कुराकानी गरेको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए । 

भेटमा डा. कोइरालाले सिरियल नम्बर बिनाका फारमले जिल्ला–जिल्लामा जटिल समस्या उत्पन्न गराएको भन्दै सच्याउन माग गरेका थिए । डा. कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन दिन देउवालाई आग्रह गरेको थपलियाको भनाइ छ । 

 कोइरालाले ती बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै देउवासँग बताएका थिए । डा. कोइरालाले अनुशासनको कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिन आग्रह गरेका थिए । 

२०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाले देउवासँग बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप