सडक डिभिजन काठमाडौँद्वारा तीन सय किलोमिटर सडकमा ‘रोड मार्किङ’
काठमाडौँ । सडक डिभिजन काठमाडौँले उपत्यकाका मुख्य सडकहरूमा ट्राफिक चिह्न तथा सडक रङरोगन (रोड मार्किङ) को कामलाई तीव्रता दिएको छ । डिभिजनले चालु आर्थिक वर्षको पुस मसान्तभित्र काठमाडौँका ‘कोर एरिया’ का करिब ३०० किलोमिटर सडकमा मार्किङको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
सडक डिभिजन काठमाडौँका प्रमुख सुवोध देवकोटाका अनुसार सडक रङरोगन तथा मार्किङका लागि यो वर्ष ३ करोड रुपैयाँको ठेक्का लगाइएको छ । विगतका वर्षहरूमा आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तमा मात्र हतारमा काम हुने गरेको गुनासो आउने गरेकोमा यसपटक हिउँदको सुरुवातमै काम थालिएको हो ।
‘अहिले काठमाडौँका सडकहरूमा जेब्रा क्रसिङ, सेन्टर लाइन र लेन छुट्याउने पहेँलो रङ (यल्लो मार्किङ) लगाउने काम भइरहेको छ,’ देवकोटाले भने ।
साथै, रातिको समयमा सवारी चालकलाई सहज होस् भनेर फुटपाथको किनारामा कालो र सेतो रङ लगाउने काम पनि भइरहेको प्रमुख देवकोटाले जानकारी दिए ।
‘लामो सयमसम्म नभएको काम अहिले हामीले समयमै सुरु गरेका छौँ,' देवकोटाले भने, 'अहिले भइरहेको काम हामी पुस मसान्तसम्ममा पूर्ण रूपमा सम्पन्न गर्नेछौँ ।’
सडक डिभिजनले काठमाडौँका मुख्य चोकहरूमा यात्रु तथा चालकको सहजताका लागि ‘इन्फर्मेसन बोर्ड’ (सूचना पाटी) राख्ने तयारी पनि गरेको छ । गौशाला, बानेश्वरजस्ता मुख्य चोकहरूमा एयरपोर्ट वा अन्य गन्तव्य कति टाढा छ र कता जानुपर्छ भन्ने जानकारी दिने बोर्डहरू राखिनेछ ।
यसका लागि अहिले बजेट व्यवस्थापन र डिजाइनको काम भइरहेको र छिट्टै विस्तृत योजना सार्वजनिक गरिने प्रमुख देवकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण