यातायात बन्द नगरिकनै निर्वाचन गराउने तयारीमा आयाेग
मङ्गलबार, ०१ पुस २०८२, १७ : ३०
काठमाडाैँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ ।
मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिएका हुन् । उनले विगतका निर्वाचनहरुमा दलहरुले अनावश्यक व्यक्ति ओसारपोसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाउने गरिए पनि यो पटक यातायात बन्द नगरिकनै निर्वाचनको तयारीमा आयोग जुटेको बताए ।
विश्वका कतिपय मुलुकहरूमा यातायात बन्द गरेर निर्वाचन नहुने अभ्यास रहेको भन्दै नेपालमा पनि सोहीअनुसार अघि बढ्ने तयारी भइरहेको उनको भनाइ छ ।
उनले स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातालाई मतदानस्थलसम्म पुर्याउने व्यवस्था गर्नसक्ने भएपनि आयोग आफैँले बस सञ्चालन गरेर अपांगता भएका लगायतका व्यक्तिलाई सेवा दिनसक्ने अवस्था भने नरहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण