१० बजे १० समाचार : एमाले ‘फाइनल ब्याटल’ बुधबार, कांग्रेसमा सिरियल नम्बर विवाद
आज २०८२ पुस १ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- एमाले महाधिवेशन
नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित गर्नुपरेकाे केन्द्रीय निर्वाचन आयाेगले जनाएकाे छ । नेतृत्व चयनकै लागि आज साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदानको समय तोकिएको थियो ।
नेकपा एमालेका नेताहरूले नीति र नेतृत्वको हिसाबले पाँचौं महाधिवेशन ऐतिहासिक भएको दाबी गर्दै आएका छन् । २०४७ साल पुस २२ गते मनमोहन नेतृत्वको नेकपा (मार्क्सवादी) र मदनकुमार भण्डारी नेतृत्वको तत्कालीन नेकपा (माले) मिलेर नेकपा (एमाले) बनेको थियो ।
- निर्वाचन कि पुनर्स्थापना ?
नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित गर्नुपरेकाे केन्द्रीय निर्वाचन आयाेगले जनाएकाे छ । नेतृत्व चयनकै लागि आज साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदानको समय तोकिएको थियो ।
- मतभेद
आगामी निर्वाचनका लागि विदेशी दातृ निकायहरूबाट आर्थिक सहयोग लिने विषयमा गृह र अर्थ मन्त्रालयबिच मतभेद देखिएको छ । अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विदेशी दातृ निकायहरूसँग कुनै पनि सहयोग नलिने योजना बनाएको बताएको छ । तर गृह मन्त्रालय भने निर्वाचन प्रयोजनका लागि आवश्यक सहयोग लिनुपर्ने पक्षमा छ ।
- सिरियल नम्बर विवाद
नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सिरियल नम्बर नराखी जिल्ला/जिल्लामा पठाइएका ४ लाख नयाँ क्रियाशील सदस्यता सम्बन्धी फारम रद्द गर्ने निर्णय गरेको छ ।
- भूकम्प
गत सोमबार जापानको उत्तर–पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पले फेरि एकपटक विश्वको ध्यान भूकम्पीय जोखिमतिर तानिएको छ । प्रविधिमा अब्बल मानिने जापानलाई समेत त्रसित बनाउने यस्ता घटनाले नेपालको भूगर्भमा सञ्चित हुँदै गरेको महाभूकम्पको जोखिमलाई पुनः सतहमा ल्याइदिएको छ । विशेष गरी नेपालको पश्चिमी क्षेत्रमा महाभूकम्पका लागि शक्ति सञ्चय भइरहेको विज्ञहरूले चेतावनी दिएका छन् ।
- संरचना पुनरवलोकन
बागमती प्रदेश सरकारले प्रदेशको प्रशासनिक संरचनालाई चुस्त, प्रभावकारी र कम खर्चिलो बनाउन दुई वटा संयन्त्रमार्फत काम अघि बढाएको छ । सरकारले संगठन संरचना र कर्मचारी दरबन्दी पुनरवलोकनका लागि संघीय सरकारका पूर्वसचिवहरू सम्मिलित ‘विज्ञ टोली’ र मन्त्रीस्तरीय ‘अध्ययन समिति’ बनाएर काम गरिरहेको छ ।
- मानव–हात्ती द्वन्द्व
मोरङको सुन्दरहरैंचा, बेलबारी र आसपासका क्षेत्रमा अचेल साँझ पर्नासाथ सन्नाटा छाउँछ । गाउँका चोक र गल्लीहरूमा मानिसको चहलपहल कम हुन्छ । कारण हो– जङ्गली हात्तीको त्रास । कुनै बेला फाट्टफुट्ट देखिने हात्ती अहिले हुलका हुल गाउँ पस्न थालेपछि स्थानीय बासिन्दाको निन्द्रा गायब भएको छ ।
- बुटवल–नारायणगढ सडक खण्ड
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड निर्माणको काम दुवैतर्फ गरी करिब ७७ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो पटक म्याद थपिएपछि धमाधम काम भइरहेको बुटवल–नारायणगढ खण्ड परियोजनाको दाबी छ ।
- कतारमा नेपाली
वरिपरि हेर्दा लाग्छ, यो कुनै सुक्खा मरुभूमि नभएर नेपालकै तराईको कुनै हरियाली फाँट हो । तर, दृश्य नेपालको खाडी मुलुक कतारको मदिनत अल काबानको हो । जहाँ बालुवामथि लहलह झुलेको अनेक घाँस र तरकारीका फाँटहरू देखिन्छन् ।
- अपराध
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वाभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण