पक्ष-विपक्ष छैनौँ, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ
बुधबार, ०२ पुस २०८२, ०९ : ५०
काठमाडाैँ । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन् । बुधबार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सबै एमाले भएकाले जित, हार एमालेकै हुने उनले बताए । उनले सबैभन्दा पहिला देश रहेकाले देश रहेमात्रै पार्टी रहने बताए । उनले देश बनाउन राजनीतिक दलहरु रहनुपर्ने बताए । नेकपा एमालेलाई जनताको मन मनमा समेट्नुपर्ने जरुरी रहेको उनले बताए ।
कार्यकर्ताबाटै नेता बन्ने भएकाले कार्यकर्ताले गरेको फैसला मञ्जुर हुने बताए। नेता श्रेष्ठले ईश्वर पोखरेल नेकपा मालेदेखि एमाले बनाउने आर्किटेक्ट भएको श्रेष्ठले बताए । कार्यकर्ताले गरेको फैसलाअनुसार नेतृत्व चयन हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण