एमाले महाधिवेशन
एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट)
बुधबार, ०२ पुस २०८२, १३ : ३२
सारांश
- एमालेको ११औं महाधिवेशनमा ४१५ मत खसेको छ ।
- भृकुटीमण्डपमा निर्वाचन जारी छ, बिहानको तुलनामा मतदान सुस्त छ ।
- नयाँ नेतृत्वका लागि २२६३ मतदाताले मतदान गर्दैछन्, नेता कार्यकर्ताले प्रचार गरिरहेका छन्।
काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा ४१५ मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ४१५ मत खसेको हो ।
बिहानको तुलनामा मतदान सुस्त भइरहेको एमाले नेता सानुराज पोखरेलले जानकारी दिए । एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।
भित्र मतदान हुँदै गर्दा बाहिर नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरुले मत मागिरहेका छन् । उनीहरुले आ–आफ्नो पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण