हेटौँडाको सडक विस्तार विरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा
सारांश
- हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भएन।
- पूर्वसांसद विन्दवासिनी कंसकारसमेतले दायर गरेको रिट सुनुवाइका लागि तोकिए पनि हेर्न नमिल्ने सूचीमा राखियो।
- निवेदकहरूले व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको र प्रक्रिया नपुर्याई संरचना हटाउन खोजिएको भन्दै मुद्दा दायर गरेका थिए।
हेटौँडा । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्ध दायर गरिएको रिट निवेदनमाथि आज (बुधवार) सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ ।
रास्वपा नेतृ एवम् पूर्वसांसद विन्दवासिनी कंसकार समेतले दायर गरेको उक्त रिट सर्वोच्चको इजलास नम्बर ६ को ‘च’ नम्बरमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि आजका लागि तोकिएको सुनुवाइ रोकिएको हो ।
हेटौँडा बजार क्षेत्रमा सडक सीमा २५/२५ मिटर (हाल २५/२५ गज २२.५ मिटर) भित्रका संरचना हटाएर सडक विस्तार गर्न लागिएको भन्दै नेतृ कंसाकार लगायतले गत मङ्सिर १६ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए । निवेदकहरूले व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको र प्रक्रिया नपुर्याई संरचना हटाउन खोजिएको भन्दै मुद्दा दायर गरेका थिए ।
उक्त रिटमा निवेदकले डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाएका छन् ।
यसअघि मङ्सिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले निवेदकको माग बमोजिम तत्कालका लागि संरचना नहटाउन र यथास्थितिमा राख्न विपक्षीका नाममा ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो । अदालतले दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न बोलाएको थियो ।
त्यस्तै, मङ्सिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले उक्त मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश गरेको थियो । सोही आदेशअनुसार आज (पुस २ गते) का लागि पेसी तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण