स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम
बुधबार, ०२ पुस २०८२, १९ : ०३
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ ।
भोजपुर नगरपालिकासँगको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर पाँच गुल्म हेडक्वाटर टक्सारको आयोजनामा तालिम सुरु गरिएको हो । तालिममा स्थानीय वडाबाट ३२ जनाको सहभागिता छ ।
आगामी पुस २४ गतेसम्म सञ्चालन हुने तालिममा सहभागिलाई विपद् व्यवस्थापन, उद्धार, प्राथमिक उपचार, सडक दुर्घटना जोखिम तथा न्यूनीकरण लगायतका विविध विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गराइने गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोइरालाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुनी आधारबिना लाखौँ अस्थायी लाइसेन्स छपाइ
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार
-
सङ्घीय बजेट बेलुन फुलेजस्तो, प्रदेश बजेट चाहिँ कस्तो ?
-
सडक निर्माण भ्रष्टाचार मुद्दामा निर्माण व्यवसायीसहित चार जनाले पाए सफाइ
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण