सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छ : मन्त्री चौलागाईं
काठमाडाैँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्ने बताएका छन् । बिहीवार नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री चौलागाईंले यस्तो बताएका हुन् ।
उनले वन मन्त्रालयमै विदेशी पैदावारबाट बनाइएका सामग्रीको प्रयोग हुनु लज्जास्पद भएको बताए । उनले नीतिमा सुधार गर्नुका साथै व्यवहारिक कुरामा पनि सुधार गर्नको लागि हरेक दिनलाई अन्तिम दिन मानेर काम गरिरहेको बताए । उनले स्वदेशी कच्चा पदार्थको प्रयोग, नीतिगत सहजीकरण र बजार विस्तारको विषय सरकारको प्राथमिकतामा रहेको समेत बताए ।
उनले भने, ‘नेपाल सरकारले आफ्नो संरचना बनाउँदा आफ्नै वन पैदावार प्रयोग गर्ने कुराहरु पनि आएका छन् । पहिलो दिन हामी वन मन्त्रालय जाँदा मन्त्रीको कार्यकक्षको जुन बाटो हुँदै गयौँ । त्यहाँ विदेशी वस्तुको मात्रै प्रयोग गरेको देख्दा हाँसो उठिरहेको थियो । यो भन्दा लज्जास्पद कुरा केही पनि छैन । अनि हामीले विस्तारै परिवर्तन गर्दै जाने निर्णय गरेका छौँ । हामी हरेक दिन अन्तिम दिन मानेर काम गरिरहेका छौँ । अर्को दिन शुरु भएपछि फेरि अन्तिम दिन भनेर नै काम गर्ने हो । हामीलाई ३० दिन दिनुहोस् हामी केही न केही गर्छौं ।’
उनले वन पैदावार उद्योगी व्यवसायीहरुलाई ३० दिनमा परिणाम दिनेगरी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण