सहकारी ठगीमा छविलाल जोशीबारे उच्च अदालतले दियो यस्तो आदेश
सारांश
- उच्च अदालत तुलसीपुरले सहकारी ठगी मुद्दाका अभियुक्त छविलाल जोशीको हकमा जिल्ला अदालतको आदेश बदर गरेको छ।
- अदालतले जोशीको मुद्दा प्रमाण अभावका कारण पुनः जिल्ला अदालतमा फिर्ता पठाएको छ।
- जोशीले आफ्नो भागको बिगो रकम बराबरको बैंक ग्यारेन्टी वा धरौटीको सक्कल कागजात पेस गर्नुपर्नेछ।
बुटव । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनामा रहेका छविलाल जोशीको हकमा जिल्ला अदालतको आदेश बदर गर्दै मिसिल पुनः जिल्ला अदालतमै फिर्ता पठाउने आदेश दिएको छ।
बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतले २०८२ असोज २६ गते गरेको थुनछेक आदेशलाई बदर गरे पनि जोशीलाई सिधै थुनामुक्त भने गरेको छैन।
अदालतले जोशीको मुद्दालाई प्रमाणको अभावका कारण पुनः तल्लो अदालतमै फर्काइदिएको हो। बहसका क्रममा जोशीका कानुन व्यवसायीहरूले दामासाहीले कायम हुने बिगो बापतको जमानतको ‘छायाप्रति’ मात्र पेस गरेका थिए।
आदेशमा भनिएको छ, ‘निजले दिएको निवेदन तथा आजै यसै इजलास समक्ष बहसको क्रममा कानून व्यवसायीबाट मेरो हकमा दामासाहीले कायम हुने बिगो वापत जमानत दिई पाऊँ भनी जमानतको छायाप्रति सहित अनुरोध गरेको देखिँदा सो समेतको परिस्थितिलाई विचार गरी सुरु जिल्ला अदालतको आदेश बदर गरिदिएको छ।’
अदालतको आदेशअनुसार पूर्व डीआईजी समेत रहेका जोशीले अब आफ्नो भागमा पर्ने बिगो रकम बराबरको बैंक ग्यारेन्टी वा धरौटीको सक्कल कागजात लिएर रुपन्देही जिल्ला अदालतमा निवेदन दिनुपर्नेछ। जिल्ला अदालतले उक्त सक्कल प्रमाण हेरेर पुनः विचार गर्ने बाटो उच्च अदालतले खोलिदिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण