बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

केपी ओलीको जीतपछि रक्षाकाे कटाक्ष : भ्रष्टाचार र अधिनायकवादलाई अनुमोदन गरियो

बिहीबार, ०३ पुस २०८२, १७ : ५३
बिहीबार, ०३ पुस २०८२

काठमाडौँ । जेनजी फ्रन्टकी संयोजक रक्षा बमले केपी शर्मा ओली तेस्रो पटक एमालेको अध्यक्षमा निर्वाचित भएपछि भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता र निरंकुशतालाई अनुमोदन गरिएकाे कटाक्ष गरेकी छन् । 

उनले ओली र उनको समूह जनताको कठघरामा नउभिएको र जनताको वास्तविक विश्वास जित्न बाँकी नै रहेको बताएकी छन् ।

बिहीबार सामाजिक सञ्जाल मार्फत बमले भनेकी छिन्, ‘उनीहरूले पुनः भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता, निरंकुशतालाई अनुमोदन गरे । केपी ओली एन्ड भजनमन्डली जनताको कठघरामा उभिएका हैनन् । जनताले विश्वास दिन त बाँकी नै छ ।’

गत भदौ २३ गते युवाहरूले आफ्नो आवाज सडकमा सुनाएको स्मरण गराउँदै अब जनताले मतपेटिकामार्फत आफ्नो शक्ति प्रदर्शन गर्ने बेला आएको उनले बताइन् । ‘युवाहरूले आफ्नो आवाज भदौ २३ मा सुनाए । जनताले ब्यालेटबक्समा सुनाउनेछन्,’ उनले भनेकी छिन् ।

तानाशाहलाई उनका आसेपासेले बलियो बनाए पनि सचेत नागरिकले सत्यको आवाज उठाइरहने बमको भनाइ छ ।

‘तानाशाहलाई उसका आसेपासेले बलियो बनाइरहेका होलान् । आखिर उनीहरूले बादशाहको नयाँ पोशाकलाई उम्दा छ भन्नैपर्छ । तर भीडमाझबाट चेतनशीलहरू, नडराएकाहरू बादशाह नाङ्गो छ भन्दैछन् / भनिरहेकै छन्,’ उनले लेखेकी छिन् ।  ‘हिस्सेदारहरूले याद गरुन्, प्रत्येक इतिहासले क्रूर तानाशाहलाई रिसाउँदै घृणाले नै पढेको छ,’ उनले भनिन् ।

rakshya

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप