आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नुवाकोट कारागारको ब्लकमा १८ वर्षमाथिका बालबिज्याईंकर्ता राख्ने निर्णय

बिहीबार, ०३ पुस २०८२, १९ : ५१
बिहीबार, ०३ पुस २०८२

काठमाडौँ । नुवाकोटको बिदुरमा निर्माण भएको केन्द्रीय कारागारको एउटा ब्लकमा बालबिज्याईंकर्ता राख्ने निर्णय गरिएको छ ।

बिहीबारकाे मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । १८ वर्ष माथिका बालबिज्याईंकर्तालाई नुवाकोटमा निर्माण भएको कारागारको ब्लकमा राख्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रस्ताव गरेको थियो । 

सो प्रस्ताव मन्त्रिपरिषद्ले अनुमोदन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।  

अहिले सबै बालबिज्याईंकर्ता किशोर र बालबालिकाहरूलाई सँगै राखिन्छ । बालबालिका सम्बन्धी ऐन २०७५ ले १८ वर्षभन्दा माथिकालाई छुट्टै राख्नुपर्ने व्यवस्था गरेको छ । तर, भौतिक संरचना नहुँदा देशभर सँगै राख्ने गरिएको थियो ।

वयस्क बालबालिका र नाबालकलाई सँगै राख्दा बाल सुधार गृहमा झडपका घटना बढेपछि मन्त्रालयले छुट्याएर राख्नुपर्ने प्रस्ताव गरेको थियो । यसअघिको मन्त्रिपरिषद्को निर्णय अनुसार बाँकेको नौबस्ता कारागारको ब्लकमा १८ वर्ष माथिका बालबालिकालाई राख्न थालिएको छ । 

नुवाकोटको बिदुरमा निर्माण भएको कारागारमा सानोथिमी र विराटनगरको बालसुधार गृहका बालबिज्याईंकर्तालाई पठाउने तयार गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप