व्यापार सम्झौतालाई अन्तिम रुप दिन इन्डोनेसियाका शीर्षमन्त्री अमेरिकामा
काठमाडाैँ । इन्डोनेसियाले जुलाईमा घोषणा गरिएको व्यापार सम्झौताको विवरणलाई अन्तिम रूप दिन शीर्ष वित्तमन्त्रीलाई संयुक्त राज्य अमेरिकामा पठाइएको मन्त्रालयका एक प्रवक्ताले बिहीबार बताएका छन् ।
वासिङ्टनले दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रले सामना गर्नु परेको करलाई ३२ प्रतिशतबाट घटाएर १९ प्रतिशत कायम गर्ने सहमति गरेको छ ।
जुलाईको घोषणापछि सम्झौताको विवरणमा छलफल जारी छ, जकार्ताले कच्चा पाम तेलसहित आफ्ना केही निर्यात उत्पादनहरूमा कर छुटको लागि दबाब दिएको छ।
“इन्डोनेसियाको वार्ता टोलीको नेतृत्व गरेका वित्तमन्त्री ऐरलाङ्गा हार्टार्टो हाल अमेरिका जान लागेका छन्,” इन्डोनेसियाका प्रवक्ता हार्यो लिमान्सेटोले एएफपीसँग बताए ।
“ऐरलाङ्गाले अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय (यूएसटीआर) का अधिकारीहरूसँग जुलाईको सम्झौतालाई अन्तिम रूप दिन इन्डोनेसियाको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ,” प्रवक्ताले भने।
वासिङटनले कफीजस्ता कृषि उत्पादनमा कर घटाएको उल्लेख गर्दै इण्डोनेसियाको प्रमुख निर्यातमध्ये एक पाम तेलबारे वार्ता गर्ने लक्ष्य लिएको ऐरलाङ्गाले यसअघि एएफपीलाई बताएका थिए ।
उनले भने, “कार्यकारी आदेशले पहिले नै कफी, कोकाओ, र यस्तैअन्य वस्तुहरूको करमा छूट समावेश गरेको छ । केवल पाम तेल र यसबाट बनेका अन्य सामग्री मात्र करको नयाँ दायरामा आउन बाँकी छ ।”
जुलाईमा घोषणा गरिएको फ्रेमवर्क सम्झौता अनुसार इन्डोनेसियाले अमेरिकाबाट ऊर्जा, कृषि र विमान आयात बढाउन अर्बौं खर्च गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
“यो सम्झौतामा प्रबोवो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष हस्ताक्षर गर्ने अपेक्षा गरिएको इन्डोनेसियाली सञ्चारमाध्यमले ऐरलाङ्गालाई उद्धृत गरी लेखेका छन् ।
यूएसटीआरको तथ्याङ्कले सन् २०२४ मा इन्डोनेसियासँग वाशिङ्गटनको वस्तु व्यापार घाटा १७.९ अर्ब डलर रहेको देखाएको छ भने अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतले बढी हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण