रुपन्देहीमा एक किशोरको बीभत्स हत्या
शुक्रबार, ०४ पुस २०८२, १४ : ४२
बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा एक जना किशोरको हत्या गरिएको छ।
हत्या गरी नालिमा फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले बताए ।
उनका अनुसार जिल्लाको कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोक निवासी १७ वर्षीय इशान शर्मा पौडेलको बीभत्स रूपमा हत्या गरी नालिमा फालिएको अवस्थामा शुक्रबार शव फेला परेको हो।
प्रहरीका अनुसार ईशान बुधबार साँझदेखि सम्पर्कविहीन थिए । उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनको बारेमा अनुसन्धान भइरहेको छ भने प्रहरीले आवश्यक अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको डीएसपी कार्कीले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण