आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चाँदबाग स्कुलले मनायो वार्षिक उत्सव, तस्बिरहरू

चाँदबाग स्कुलले मनायो वार्षिक उत्सव, तस्बिरहरू

दृढ सङ्कल्पले असम्भवलाई सम्भव बनाउन सकिन्छ: विनोद चौधरी
शनिबार, ०५ पुस २०८२

काठमाडौँ । जोरपाटीस्थित चाँदबाग स्कुलले आफ्नो वार्षिक उत्सव एक भव्य समारोहका साथ सम्पन्न गरेको छ। प्रदर्शनी मार्गमा अवस्थित ब्लु प्याभिलियोनमा शुक्रबार आयोजित विशेष कार्यक्रममा विद्यालयले आफ्नो वार्षिकोत्सव मनाएको हो।

chandbag (1)

उक्त समारोहलाई सम्बोधन गर्दै नेपालका प्रथम अर्बपति विनोद चौधरीले वर्तमान समयमा सफलताका लागि कुनै पनि कुराले अवरोध सिर्जना नगर्ने बताए। उनले केवल इच्छाशक्ति र दृढ सङ्कल्प भएमा मानिसले आँटेका सबै लक्ष्यहरू हासिल गर्न सक्ने उल्लेख गरे।

chandbag (10)

चौधरीले अहिलेको विश्वमा कुनै भौगोलिक सीमा नरहेको र मानिसहरू एक अर्कामा प्रविधिको माध्यमबाट जोडिएको चर्चा गर्दै नेपालीहरू घरमै बसेर विश्व बजारमा व्यापार गर्न र अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिएर स्वदेशमै बसेर काम गर्न सक्षम रहेको विचार व्यक्त गरे।

chandbag (7)

सीजी एजुकेसनको व्यवस्थापनमा सञ्चालित यस विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीहरूले विभिन्न रचनात्मक क्रियाकलापमार्फत आफ्नो अन्तर्निहित प्रतिभा समेत प्रदर्शन गरेका थिए।

chandbag (2)chandbag (3)chandbag (4)chandbag (5)chandbag (6)chandbag (8)chandbag (9)chandbag (11)chandbag (12)chandbag (13)chandbag (14)chandbag (15)chandbag (16)chandbag (17)chandbag (18)chandbag (19)chandbag (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया