फिफा विश्वकप २०२६
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
आइतबार, ०७ असार २०८३, ०२ : २१
सारांश
- क्यानडाको टोरन्टो स्टेडियममा जारी फिफा विश्वकप २०२६ को खेलमा आइभरी कोस्टले जर्मनीविरुद्ध सुरुवाती अग्रता लिएको छ ।
- खेलको ३०औं मिनेटमा फ्रान्क केसीले गरेको गोलले आइभरी कोस्ट १-० ले अगाडि छ ।
- यो नतिजा कायम रहे आइभरी कोस्ट शीर्ष स्थानमा उक्लनेछ भने जर्मनीको अघिल्लो चरणको यात्रा कठिन हुनेछ ।
काठमाडाैँ । क्यानडाको टोरन्टो स्टेडियममा जारी फिफा विश्वकप २०२६ को समूह ‘इ’ अन्तर्गतको महत्त्वपूर्ण खेलमा आइभरी कोस्टले जर्मनी विरुद्ध सुरुवाती अग्रता लिएको छ । खेलको ३० औँ मिनेटमा आइभरी कोस्टका मिडफिल्डर फ्रान्क केसीले गोल गर्दै आफ्नो टोलीलाई १–० को स्थितिमा पुर्याएका हुन् ।
पहिलो खेलमा कुरासाओलाई ७–१ को फराकिलो अन्तरले पराजित गरेको जर्मनी आज खेलको ३० औँ मिनेटमै गोल खाएपछि केही दबाबमा देखिएको छ । दुवै टोलीले आफ्नो पहिलो खेल जितेर ३–३ अंक बटुलिसकेका छन् । यदि यो नतिजा कायम रहेमा आइभरी कोस्ट ६ अंकका साथ समूहको शीर्ष स्थानमा उक्लनेछ भने जर्मनीका लागि अघिल्लो चरणको समीकरण केही कठिन हुन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधुनिक समाजमा बढ्दैछ योगको महत्त्व
-
ट्युनिसियाविरुद्ध चौथो मिनेटमै जापानको अग्रता
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
-
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
विश्व योग दिवसको अवसरमा दशरथ रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण