हेटौँडा सडक विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै
सारांश
- हेटौँडा सडक विस्तार मुद्दामा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
- सडक विस्तारको विरोधमा स्थानीयले दायर गरेको रिटमाथि सुनुवाइ हुनेछ, जसमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ।
- अदालतले सडक विस्तारको विषयमा मुआब्जा र प्रक्रियालाई लिएर निर्णय गर्नेछ।
हेटौँडा । हेटौँडा सडक विस्तार विषयमा आज (आइतबार) सर्वोच्च अदालतमा सुनावाइ हुँदैछ । लामो समयदेखि विवादित रहँदै आएको हेटौंडाको मुख्य बजार क्षेत्रको सडक विस्तारसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइका लागि मुद्दाको पेसी चढेको हो ।
राजमार्ग क्षेत्रको २५/२५ मिटर सडक कायम गर्नेगरी सडक विस्तार विरुद्ध दर्ता भएको रिट माथि सर्वोच्च अदालतको पूर्ण इजलास नम्बर १ मा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो । आजको सुनुवाइले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा खारेज गर्ने भन्ने निर्णय लिन सक्नेछ ।
हेटौँडा सडक विस्तारका क्रममा आफ्नो घरजग्गा पर्ने स्थानीय बासिन्दाहरूको तर्फबाट विन्दवासिनी कंसाकार समेतले २०८२ मङ्सिर १६ गते सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेकी थिइन् । सडक विभाग र स्थानीय प्रशासनले मुआब्जा र उचित प्रक्रिया बिना सडक विस्तार गर्न लागेको उनले दायर गरेको रिटमा मंसि १९ मा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश गरेको थियो ।
डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइएको उक्त रिटमा मङ्सिर १९ मा न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । साथै, अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको थियो ।
त्यस्तै मङ्सिर २६ मा तोकीएको पेशीमा न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश जारी गर्दै सोसँग सम्बन्धित मुद्दाको मिसिल झिकाउने र छलफल गर्ने गरी पुस २ मा पेसी तोकेको थियो । पुस २ मा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिल कुमार पोखरेलको इजलासमा उक्त मुद्दाको पेसी तोकिए पनि हेर्न नमिल्ने सूचीमा परेको थियो ।
सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर ५ मा सडक सीमा खाली गर्न १५ दिने सूचना जारी गरेको थियो भने उक्त सूचनाको म्याद सकिए लगत्तै मङ्सिर २० मा त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग अन्तर्गतको २५÷२५ गज क्षेत्रका संरचना हटाउन हेटौंडाको रातोमाटेदेखि राप्ती पुल क्षेत्रका ५०० बढी घर तथा संरचनाहरू भत्काइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण