बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

चलचित्र ‘झरीपछिको इन्द्रेणी’ले ल्यायो नयाँ गीत ‘जब फर्किन्छु घर’

आइतबार, ०६ पुस २०८२, १५ : १४
आइतबार, ०६ पुस २०८२

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनरत चलचित्र ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत जब फर्किन्छु घर सार्वजनिक गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको गीतको कारण चर्चामा रहन सफल चलचित्र ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनकै समयमा ‘जब फर्किन्छु घर’ आइतबार सार्वजनिक गरिएको हो ।

गणेश कार्कीको शब्द, हेमन्त रानाको स्वर रहेको गीतमा विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ ।

चलचित्रका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ हुन् । घिमिरेको यो निर्देशनमा डेब्यु चलचित्र हो । गणेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवालको अभिनय छ । 

चलचित्रका कलाकारहरूले उपत्यकाका विभिन्न हलमा पुगेर दर्शककाे प्रतिक्रिया लिइरहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप