सरकारले तोक्यो खाद्यान्न र बीउबिजनको बिक्री मूल्य
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कृषि उपज, बीउबिजन तथा बाली वस्तुहरूको नयाँ बिक्री मूल्य स्वीकृत गरेको छ ।
मन्त्रालयले मंसिर २८ गते मन्त्रिस्तरीय निर्णय गरेर आज नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नयाँ दररेट अनुसार बीउबिजनतर्फ धान, मकै, गहुँ र दलहनको मूल्य निर्धारण गरिएको छ ।
जसअनुसार बास्नादार धानको बीउ (मूल) को मूल्य प्रति किलो १०५ रुपैयाँ र प्रमाणित बीउको १०० रुपैयाँ तोकिएको छ । यस्तै मोटो धानको बीउ मूलतर्फ ७१ रुपैयाँ र प्रमाणिततर्फ ६५ रुपैयाँ कायम गरिएको छ ।
बीउबिजनमध्ये सबैभन्दा महँगो मूल्य हाइब्रिड मकैको बीउ को रहेको छ । जसको मूल्य प्रति किलो ३०० रुपैयाँ तोकिएको छ । त्यस्तै, हाइब्रिड धानको बीउ प्रति किलो २०० रुपैयाँमा बिक्री हुनेछ । खाद्यान्नतर्फ महत्त्वपूर्ण मानिने गहुँको बीउ (मूल) को मूल्य प्रति किलो ८० रुपैयाँ र प्रमाणितको ७५ रुपैयाँ तोकिएको छ ।
दलहन र तेलहनतर्फ मुसुरोको बीउ (मूल) १६० रुपैयाँ र तोरीको बीउ (मूल) १७० रुपैयाँ प्रति किलो निर्धारण गरिएको छ । हरियो मलको रूपमा प्रयोग गरिने ढैँचाको बीउ को मूल्य भने प्रति किलो १२० रुपैयाँ कायम छ ।
खाद्यान्न (बीउका लागि अयोग्य) को मूल्य
मन्त्रालयले बीउका लागि अयोग्य रहेका खाद्यान्न वस्तुहरूको पनि छुट्टै मूल्य तोकेको छ । गहुँ ३८.६७ रुपैयाँ प्रति किलो, मोटो धान ३४.६३ रुपैयाँ प्रति किलो, मध्यम र मसिनो धानः ३६.२८ रुपैयाँ प्रति किलो तोकिएको छ । यस्तै मकै ३५ रुपैयाँ प्रति किलो, मुसुरो ९० रुपैयाँ र तोरी ८० रुपैयाँ प्रति किलो तोकिएको छ ।
यस्तै बीउ प्रशोधन गर्दा निस्कने टुक्रिएको धान प्रति किलो १८ रुपैयाँ र टुक्रिएको गहुँ २० रुपैयाँमा बिक्री गरिने मन्त्रालयले जनाएको छ । कृषि सह–उत्पादन अन्तर्गत धानको पराल को मूल्य प्रति किलो २ रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपपरिषद्ले गर्यो १५ सहसचिवको सरुवा
-
नगर पक्षी खोज्दै पोखरा महानगर
-
कूल गार्हस्थ्य उत्पादनमा धानको योगदान दुई खर्ब, तर अझै आयातमै निर्भर नेपाल
-
पदभार ग्रहण गर्दै त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला
-
रुसी आक्रमणमा किभमा सात जनाको मृत्यु
-
सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण