खोटाङमा विवाद हुँदा एक जनाको हत्या
आइतबार, ०६ पुस २०८२, २० : ४७
काठमाडौँ । खोटाङको दिक्तेलमा कुटपिटबाट एक जनाको हत्या गरिएको छ । रूपाकोट मझुवागढी नगरपालिका–९ सिगाने बस्ने ५८ वर्षीय पदम रोक्काको हत्या भएको हो ।
हत्यामा संलग्न आरोपमा प्रहरीले सोही ठाउँ बस्ने ५० वर्षीय दिल कुमार भुजेललाई पक्राउ गरेको छ । उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
वादविवादको क्रममा दिल कुमारले कुटपिट गर्दा पदमको घटनास्थलमै मृत्यु भएको हो । अस्थायी प्रहरी चौकी निर्मलीडाँडाबाट खटिएको प्रहरीले भुजेललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण