अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
सारांश
- अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भयो।
- कार्यक्रममा २३४ जनाले स्वास्थ्य सेवा लिए, जसमा श्रम मन्त्रालयका सचिव डा. कृष्ण हरि पुष्कर प्रमुख अतिथि थिए।
- कार्यक्रमको उद्देश्य सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासनलाई जोड दिँदै वैदेशिक रोजगारलाई व्यवस्थित गर्नु थियो।
काठमाडौँ। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आइतबार निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम साथ सम्पन्न भएको छ ।
‘श्रम आप्रवासनका चक्रमा सुशासन: सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन’ भन्ने मुल नाराका साथ नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ र गाम्का नेपालको संयुक्त आयोजनामा काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न भएको हो । कार्यक्रममा २ सय ३४ जनाले स्वास्थ्य सेवा लिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्ण हरि पुष्कर उपस्थित थिए भने सहसचिव पिताम्बर घिमिरे, वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराई, वैदेशिक रोजगार बोर्डका महानिर्देशक गुरुदत्त उप्रेती, मलेसियाली दूतावासका निमित्त राजदूत मा महमद फर्दोस लगायत मन्त्रालयका अन्य अधिकारीहरू विशेष अतिथिका रूपमा उपस्थित थिए ।
प्रमुख अतिथि डा. कृष्ण हरि पुष्करले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने विषयमा सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमको अध्यक्षता कैलास खड्काले गरेका थिए भने स्वागत मन्तव्य महेश्वर श्रेष्ठले र कार्यक्रम सञ्चालन कृष्ण प्रसाद बजगाईले गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण