बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एलन मस्क

मस्कको सम्पत्ति पाकिस्तान, श्रीलंका र नेपालको जीडीपीभन्दा बढी

सोमबार, ०७ पुस २०८२, ०५ : ३३
सोमबार, ०७ पुस २०८२

सारांश

  • एलन मस्कको सम्पत्ति पछिल्ला चार दिनमा १५० अर्ब डलरले बढेर ७५० अर्ब डलर पुगेको छ, जसले नयाँ रेकर्ड बनाएको छ।
  • टेस्ला पे-प्याकेज पुनः बहाल भएपछि र स्पेसएक्सको मूल्यांकन बढेपछि मस्कको सम्पत्तिमा वृद्धि भएको हो।
  • मस्क ७५० अर्ब डलर सम्पत्ति सहित विश्वकै पहिलो व्यक्ति बनेका छन् र उनी टेस्ला र स्पेसएक्सका सीईओ हुन्।

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति तीव्र रूपमा बढ्दै नयाँ रेकर्ड बनाएको छ । पछिल्ला चार दिनमै मस्कको नेटवर्थ (कुल सम्पत्ति) १५० अर्ब अमेरिकी डलरले बढेर करिब ७५० अर्ब डलर पुगेको छ । यो रकम पाकिस्तान, श्रीलंका र नेपालको कुल (कुल गार्हस्थ्य उत्पादन) जीडीपी  (झण्डै ५५५ अर्ब डलर) भन्दा बढी हो।

यससँगै मस्क ७५० अर्ब डलर बराबरको सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति बनेका छन् । यसअघि डिसेम्बर १६ मा उनको सम्पत्ति ६०० अर्ब डलर पुगेको थियो ।

मस्कको सम्पत्ति बढ्नुको मुख्य कारण टेस्लाबाट पाउने पे–प्याकेज हो । डेलावेयर सुप्रीम कोर्टले मस्कको ५६ अर्ब डलरको टेस्ला पे–प्याकेज पुनः बहाल गरेपछि यसको मूल्य बढेर करिब १३९ अर्ब डलर पुगेको छ । यही निर्णयले उनको सम्पत्तिमा ठुलो उछाल ल्याएको हो ।

यसका साथै, स्पेसएक्सको मूल्यांकन ८०० अर्ब डलरसम्म पुगेको छ । मस्कको स्पेसएक्समा करिब ४२ प्रतिशत हिस्सेदारी छ । टेस्ला सेयरको मूल्य वृद्धिले पनि उनको कुल सम्पत्तिमा थप वृद्धि गरेको छ । टेस्लामा मस्कको करिब १२ प्रतिशत स्वामित्व रहेको छ ।

फोर्ब्स बिलियनेयर्स इन्डेक्सअनुसार मस्कको नेटवर्थ हाल करिब ६४९ अर्ब डलर देखाइएको छ, जुन भारतका शीर्ष ४० धनी व्यक्तिहरूको कुल सम्पत्तिको हाराहारीमा पर्छ ।

एलन मस्क टेस्ला र स्पेसएक्सका सीईओ हुन्। उनले न्यूरालिंक र एक्सआई जस्ता कम्पनी पनि स्थापना गरेका छन् । बाल्यकालमै कम्प्युटर प्रोग्रामिङ सिकेका मस्कले १२ वर्षको उमेरमा भिडियो गेम बनाएर बेच्दै व्यावसायिक यात्राको सुरुआत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप