पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
सोमबार, ०७ पुस २०८२, ०६ : २०
सारांश
- पाकिस्तानको पञ्जाब प्रान्तमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
- भारतीय नागरिकलाई सीमा उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो।
- उनलाई थप अनुसन्धानका लागि स्थानीय प्रहरी चौकीमा राखिएको छ।
कसुर । पाकिस्तानको पञ्जाब प्रान्तस्थित कसुर जिल्लाको सीमावर्ती गाउँबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। पाकिस्तान रेन्जर्सले उनलाई सीमा उल्लंघन गरेको आरोपमा पक्राउ गरी हिरासतमा लिएको हो।
पक्राउ पर्नेमा भारतको जालन्धर जिल्ला शाहकोट तहसीलका शरनदीप सिंह रहेका छन्। रेन्जर्सले उनलाई कसुरको गन्डा सिंह प्रहरी चौकी अन्तर्गत पर्ने सहजरा क्षेत्रबाट नियन्त्रणमा लिएको बताएको छ।
पक्राउ परेपछि उनलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको छ। पाकिस्तानी अधिकारीहरूले पक्राउ परेका सिंहलाई हतकडी लगाएको तस्बिर समेत सार्वजनिक गरेका छन्।
बीबीसी उर्दूका अनुसार उनी भारतीय सीमाबाट पाकिस्तानी क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेपछि नियन्त्रणमा परेका हुन्। हाल उनलाई गन्डा सिंह प्रहरी चौकीमा राखेर सीमा उल्लङ्घनको मुद्दामा थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण