शैक्षिक हडतालको प्रभावः राजधानीका कतिपय विद्यालय बन्द
सारांश
- सोमबार आह्वान गरिएको शैक्षिक हडतालको प्रभाव काठमाडौँका विद्यालयमा देखिएको छ।
- जनपक्षीय विद्यार्थी युनियनले जनविरोधी शिक्षा प्रणालीको विरोधमा हडताल गरेको जनाएको छ।
- हडतालका कारण विद्यालय बन्द गरिएका छन् र युनियनले विभिन्न मागहरू राखेको छ।
काठमाडौँ । सोमबारका लागि आह्वान गरिएको भनिएको उपत्यकाव्यापी शैक्षिक हडतालको प्रभाव राजधानीका कतिपय विद्यालयमा देखिएको छ । हडतालका कारण आज कतिपय विद्यालय बन्द भएका छन् भने ती विद्यालयले सूचना समेत जारी गर्दै पठनपाठन स्थगित गरिएको जानकारी गराएका छन् ।
जनपक्षीय विद्यार्थी युनियन, नेपाल नामक संगठनले शैक्षिक हडतालको घोषणा गरेपछि यसको असर काठमाडौँ उपत्यकाका विभिन्न शैक्षिक संस्थामा परेको हो । हड्ताल गर्ने संगठनबारे खासै नसुनिएपनि अहिलेको विषम् परिस्थितिलाई ध्यानमा राखेर विद्यालय बन्दको निर्णय लिइएको एक विद्यालय सञ्चालकले बताए ।
उक्त विद्यार्थी संगठनले जनविरोधी शिक्षा प्रणाली, शिक्षाको व्यापारीकरण, असमानता र राज्यको गैरजिम्मेवारीको विरोधमा हडताल गरिएको जनाएको छ । संगठनले निःशुल्क शिक्षा, विद्यार्थी भत्ता, निजी विद्यालयको शुल्क कटौती, निःशुल्क इन्टरनेट, शिक्षा प्रणाली सुधारलगायतका माग अघि सारेको छ । हड्ताल गर्ने विद्यार्थी संगठनको माउ पार्टी नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण