हुण्डी कारोबार नगर्न नेपाली राजदूतावासको आग्रह
सारांश
- अष्ट्रेलियास्थित नेपाली दूतावासले हुण्डी कारोबार नगर्न आग्रह गरेको छ।
- हुण्डी कारोबार गैरकानूनी, असुरक्षित र राष्ट्रहितविपरीत हुने दूतावासको भनाइ छ।
- दूतावासले बैंक मार्फत मात्र रकम पठाउन र हुण्डीबारे जानकारी दिन अनुरोध गरेको छ।
क्यानवेरा । अष्ट्रेलिया, न्यूजिल्याण्डलगायत प्यासिफिक क्षेत्रमा रहेका नेपालीलाई अनौपचारिक माध्यमबाट गरिने विप्रेषण कारोबार (हुण्डी) नगर्न नेपाली राजदूतावास क्यानवेराले आग्रह गरेको छ। राजदूतावासले हुण्डी कारोबार असुरक्षित, गैरकानूनी तथा राष्ट्रहितविपरीत हुने स्पष्ट गरेको छ।
राजदूतावासद्वारा सोमबार जारी सूचनामा सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि अनौपचारिक च्यानल वा माध्यम प्रयोग गरी हुने विप्रेषण कारोबार रोक्नु नेपाल सरकारको अन्तर्राष्ट्रिय दायित्व रहेको उल्लेख गरिएको छ। सोहीअनुसार विदेशमा रही अनौपचारिक माध्यमबाट हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूको विवरण संकलन गरी आवश्यक कारबाहीका लागि एकीकृत अभिलेखीकरण गर्ने काम सम्बन्धित निकायले गरिरहेको जनाइएको छ।
सूचनामा अष्ट्रेलिया, न्यूजिल्याण्ड तथा प्यासिफिक क्षेत्रमा रहेका नेपाली व्यक्ति वा संस्थाले नेपालमा रकम पठाउँदा वा नेपालबाट रकम ल्याउँदा अनिवार्य रूपमा बैंकिङ च्यानलको मात्र प्रयोग गर्न अनुरोध गरिएको छ। साथै, कुनै व्यक्ति वा संस्थाले अनौपचारिक च्यानलमार्फत हुण्डी कारोबार गरेको जानकारी भए त्यस्ता व्यक्ति वा संस्थाको विवरण राजदूतावासको इमेल ठेगानामा पठाउन आग्रह गरिएको छ।
हुण्डी कारोबारसम्बन्धी सूचना उपलब्ध गराउने व्यक्तिको विवरण गोप्य राखिने राजदूतावासले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण