बङ्गलादेशमा हिन्दु युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बङ्गलादेशी दूतावास घेराउ
काठमाडौँ । बङ्गलादेशमा जिहादी समूहद्वारा हिन्दु युवा दीपु चन्द्र दासको निर्मम हत्या गरिएको घटनाको विरोधमा राष्ट्रिय एकता अभियानले काठमाडौँस्थित बङ्गलादेशी दूतावास घेराउ गर्दै सोमबार विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीहरूले “अल्पसंख्यकको सुरक्षा ग्यारेन्टी गर”, “मानवअधिकारको सुरक्षा गर”, “हिन्दुको हत्या बन्द गर” जस्ता नारा लगाउँदै बङ्गलादेश सरकारको कडा आलोचना गरेको छ ।
साथै “मोहम्मद युनुस सरकार मुर्दावाद”, “बङ्गलादेश मुर्दावाद”, “बङ्गलादेश दूतावास खारेज गर” जस्ता नारासमेत लगाइएका थिए ।
राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बङ्गलादेश सरकार अल्पसंख्यकको सुरक्षामा पूर्ण रूपमा असफल भएको आरोप लगाए ।
उनले भने, “हिन्दु समुदायमाथि लक्षित हिंसा राज्यकै कमजोरी र संरक्षणबिना सम्भव हुँदैन । यदि तत्काल अल्पसंख्यकको सुरक्षा सुनिश्चित गरिएन भने अन्तर्राष्ट्रिय स्तरमा दबाब सिर्जना गरिनुपर्छ ।”
यादवले नेपाल सरकारलाई पनि कुटनीतिक माध्यमबाट बङ्गलादेश सरकारसमक्ष कडा आपत्ति जनाउन आग्रह गरे ।
प्रदर्शन शान्तिपूर्ण भए पनि वातावरण तनावपूर्ण बनेको थियो । प्रदर्शनकारीहरूले बङ्गलादेश सरकार प्रमुख मोहम्मद युनुसको तस्बिर जलाएका थिए ।
राष्ट्रिय एकता अभियानले यस्ता अमानवीय घटनाविरुद्ध निरन्तर आवाज उठाउने र आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण