आईपीएल २०२६ मा नबिकेका खेलाडीहरूबाट बनेको एक दमदार प्लेइङ–११
सारांश
- आईपीएल २०२६ को मिनी लिलामीमा अनुभवी र प्रतिभावान खेलाडीहरू छुटे, जसले क्रिकेट प्रशंसकलाई आश्चर्यचकित बनायो।
- अनसोल्ड खेलाडीहरूलाई मिलाएर टोली बनाउँदा कुनै पनि फ्रेन्चाइजीलाई कडा चुनौती दिन सक्ने देखिन्छ।
- डेभोन कोनवे र जोनी बेयरस्टो जस्ता खेलाडीहरू अनसोल्ड खेलाडीहरूको प्लेइङ-११ मा ओपनरको रूपमा छानिएका छन्।
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को मिनी लिलामीमा धेरै अनुभवी र प्रतिभावान् खेलाडीहरू छुटे । क्रिकेट प्रशंसकहरूका लागि यो आश्चर्यजनक रह्यो । टोलीहरूले रणनीति, उमेर, फिटनेस र भविष्यका योजनाहरूलाई ध्यानमा राख्दै खेलाडी चयन गरे पनि यस प्रक्रियामा धेरै यस्ता नामहरू छुट्न गए, जसले कुनै पनि टोलीको प्लेइङ–११ लाई मजबुत बनाउन सक्थे ।
यी अनसोल्ड खेलाडीहरूलाई मिलाएर एउटा टोली बनाउने हो भने त्यो कागजी रूपमा कुनै पनि फ्रेन्चाइजीलाई कडा चुनौती दिन सक्षम देखिन्छ ।
शीर्ष क्रम : अनुभव र आक्रामक
यो सम्भावित प्लेइङ–११ को सुरुवात डेभोन कोनवे (न्युजिल्यान्ड) र जोनी बेयरस्टो (इंग्ल्यान्ड) जस्ता अनुभवी विदेशी ब्याट्सम्यानहरू हुन सक्छन् । कोनवेले विकेटकिपर–ब्याट्सम्यानको भूमिकामा टोलीलाई स्थिरता दिने सक्ने खेलाडी हुन् भने बेयरस्टोले आफ्नो आक्रामक ब्याटिङले पावरप्लेमा विपक्षी बलरहरूमाथि दबाब सिर्जना गर्न सक्छन् ।
दुवै खेलाडीले अन्तर्राष्ट्रियस्तरमा आफूलाई प्रमाणित गरिसकेका छन्, तैपनि लिलामीमा बेवास्ताको सिकार बने । अनसोल्ड खेलाडीहरूको प्लेइङ–११ को ओपनर स्लटका लागि यी दुई उपयुक्त हुन सक्छन् ।
मध्यक्रमः सन्तुलन र अलराउन्ड विकल्प
मध्यक्रममा विजय शंकर र महिपाल लोमरोरजस्ता भारतीय ब्याट्सम्यानले टोलीलाई सन्तुलन प्रदान गर्न सक्छन् । विजय शंकरले अनुभवका साथ उपयोगी बलिङ पनि गर्न सक्छन् भने लोमरोरले बायाँहाते ब्याट्सम्यानको रूपमा स्पिनविरुद्ध महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् र ठुला सटहरू प्रहार गर्न पनि सक्षम छन् । लोमरोरले स्पिन बलिङ पनि गर्न सक्छन् ।
यसबाहेक मध्यक्रममा दक्षिण अफ्रिकाका स्टार अलराउन्डर वियान मुल्डर पनि छन्, जसलाई भविष्यका दिग्गज खेलाडी मानिन्छ । उनले मध्यक्रममा ब्याटिङका साथै तीव्र गतिमा बलिङ पनि गर्न सक्छन् । उनीसँगै माइकल ब्रेसवेलजस्ता म्याच–विनर अलराउन्डरले टोलीको गहिराइलाई अझ मजबुत बनाउन सक्छन् ।
बलिङतर्फ
अलराउन्डर विकल्पका रूपमा तनुष कोटियान वा आरएस हेंगरगेकरले (राजवद्र्धन हेंगगेकर) आवश्यकताअनुसार टोलीमा स्थान पाउन सक्छन् । यदि पिच स्पिनलाई सहयोगी छ भने तनुष र यदि तीव्र गतिका बलरहरूलाई सहयोगी छ भने हेंगरगेकर खेल्न सक्छन् । दुवै अलराउन्डर हुन् र तल्लो क्रममा विस्फोटक ब्याटिङ पनि गर्न सक्छन् । हेंगगेकर गत सिजन लखनऊ सुपर जायन्ट्समा आबद्ध थिए ।
यस्तै स्पिन विभागमा कर्ण शर्मा वा कुमार कार्तिकेयजस्ता बलरहरू छन्, जो भारतीय पिचहरूमा प्रभावकारी साबित हुन सक्छन् । तीव्र गतिका बलरको जिम्मेवारी आकाश मधवालले सम्हाल्न सक्छन्, जससँग चेतन सकारिया वा सिमरजीत सिंह नयाँ बल र डेथ ओभरहरूमा विकल्प हुन सक्छन् । अतिरिक्त तीव्र गतिका बलरका रूपमा कमलेश नागरकोटी वा केएम आसिफलाई पनि समावेश गर्न सकिन्छ ।
बेवास्ता गरिएका, तर दमदार टोली
२०२६ को लिलामीले फेरि एकपटक प्रमाणित गर्यो, वास्तवमा क्रिकेटमा अवसर र भाग्यको खेल पनि प्रदर्शनजत्तिकै महत्त्वपूर्ण हुन्छ । अनसोल्ड खेलाडीहरूको सम्भावित प्लेइङ–११ मा राम्रो मिश्रण छ र यो टोलीले १० फ्रेन्चाइजीका कुनै पनि टोलीलाई चुनौती दिन सक्ने क्षमता राख्छ । यस टोलीमा दुई ब्याट्सम्यान, पाँच अलराउन्डर, एक स्पिनर र तीन तीव्र गतिका बलरहरू छन् ।
ती हुन्ः
डेभोन कोनवे (विकेटकिपर), जोनी बेयरस्टो (कप्तान), विजय शंकर, वियान मुल्डर, महिपाल लोमरोर, तनुष कोटियान/आरएस हेंगरगेकर, माइकल ब्रेसवेल, कर्ण शर्मा/कुमार कार्तिकेय, आकाश मधवाल, चेतन सकारिया, कमलेश नागरकोटी/केएम आसिफ ।
इम्प्याक्ट प्लेयरका रूपमा यीमध्ये एक
यश ढुल, मयंक डागर, मुरुगन अश्विन, राज लिम्बानी, स्वास्तिक चिकारा ।
(अमरउजालाको रिपोर्टमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण