अपडेट
एकैदिन ५५०० रुपैयाँ बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
मङ्गलबार, ०८ पुस २०८२, ११ : ०७
सारांश
- मंगलबार सुनको मूल्य तोलामा ५५०० रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च २ लाख ६७ हजार २०० रुपैयाँ पुग्यो।
- चाँदीको मूल्य पनि बढेर प्रति तोला ४ हजार २५५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । सुनको मूल्य मंगलबार एकैदिन ५५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो ।
जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण