काठमाडौँमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
मङ्गलबार, ०८ पुस २०८२, १२ : २६
सारांश
- काठमाडौं महानगरपालिका-३२ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
- ६० वर्षीय वृद्धलाई मोटरसाइकलले ठक्कर दिएको थियो, उनको पहिचान खुलेको छैन।
- घाइतेलाई अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भयो, चालक प्रहरी नियन्त्रणमा छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदलयात्रीको ज्यान गएको छ। बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा अन्दाजी ६० वर्षीय पुरुषको मृत्यु भएको हो।
हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण