बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शरीरको कसिलोपन हटाउन र लचकता बढाउन दैनिक गर्नुहोस् यी ५ योगासन

मङ्गलबार, ०८ पुस २०८२, १४ : ०४
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • बढ्दो व्यस्त जीवनशैली, शारीरिक व्यायामको कमी र जाडो मौसममा शरीर कसिने समस्या बढ्दो छ।
  • योगले शरीरलाई स्फूर्ति दिई मांसपेशीको लचकता बढाउन मद्दत गर्छ, जसमा भुजङ्गासन, बालासन, र मार्जरीआसन लगायतका आसनहरू उपयोगी छन्।
  • पद्मासनको नियमित अभ्यासले कम्मर र घुँडाका जोर्नीहरूलाई लचिलो बनाउँछ, जसले शरीरलाई ऊर्जावान् बनाउन मद्दत गर्छ।

काठमाडौँ । व्यस्त जीवनशैली, लामो समयसम्म एकै ठाउँमा बसेर गरिने काम र शारीरिक व्यायामको कमीले गर्दा शरीर कसिने वा अक्कडिने समस्या अचेल आम बनेको छ। विशेषगरी जाडो मौसममा यो समस्या अझ बढ्छ, जसले हिँडडुलमा असजिलो गराउनुका साथै मानसिक तनाव समेत बढाउँछ। 

यस्तो अवस्थामा शरीरलाई स्फूर्त राख्न र मांसपेसीको लचकता बढाउन योग एक प्राकृतिक र प्रभावकारी विकल्प हुन सक्छ। दैनिक रूपमा केही विशेष योगासनहरूको अभ्यास गरेर शरीरको कसिलोपन हटाउन र लचकता कायम राख्न सकिन्छ।

Cobra-pose-1766467531738

मेरुदण्डलाई लचिलो बनाउन र ढाडको कसिलोपन हटाउन 'भुजङ्गासन' निकै उपयोगी मानिन्छ। पेटको बलले सुतेर छातीलाई बिस्तारै माथि उठाउँदा यसले ढाड, गर्धन र काँधका मांसपेसीलाई तन्काएर आराम दिन्छ। 

Child-pose-1766467569145

त्यस्तै, मानसिक तनाव कम गर्न र तिघ्रा एवं कम्मरको कसिलोपन हटाउन 'बालासन' रामबाण मानिन्छ। घुँडा टेकेर अगाडि झुक्दै निधारले भुईँ छुने यो आसनले स्नायु प्रणालीलाई शान्त पार्नुका साथै पूरै शरीरलाई विश्राम प्रदान गर्छ। 

Cat-cow-pose-1766467583860

मेरुदण्डको स्वास्थ्यका लागि 'मार्जरीआसन' अर्को उत्कृष्ट अभ्यास हो, जसले श्वासप्रश्वाससँगै ढाडलाई चलायमान बनाउँदा पाचन प्रणालीलाई समेत सक्रिय राख्न मद्दत गर्छ।

Forward-Bend-pose-1766467595921

शरीरको तल्लो भाग र खुट्टाको लचकताका लागि 'पश्चिमोत्तानासन' प्रभावकारी हुन्छ। दुवै खुट्टा अगाडि फैलाएर बसेर अगाडि झुक्ने यो अभ्यासले मेरुदण्डलाई लामो बनाउनुका साथै ढाडको तल्लो भागको दुखाइ र कसिलोपन कम गर्छ। 

Lotus-pose-1766467608278

अन्त्यमा, 'पद्मासन' को नियमित अभ्यासले कम्मर र घुँडाका जोर्नीहरूलाई लचिलो बनाउँछ। सीधा बसेर गहिरो श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्दा यसले शरीरलाई ऊर्जावान् बनाउनुका साथै एकाग्रता समेत बढाउँछ। 

यी आसनहरूलाई दैनिक बिहानीको तालिकामा समावेश गर्दा शरीर सधैँ स्वस्थ र फुर्तिलो रहन्छ।

(यस लेखमा दिइएको जानकारी स्वास्थ्य सल्लाह र विशेषज्ञहरूसँगको कुराकानीमा आधारित छ। यो केवल सामान्य जानकारी हो, व्यक्तिगत सल्लाह होइन। त्यसैले, कुनै पनि कदम चाल्नुअघि कृपया कुनै विशेषज्ञसँग सल्लाह लिनुहोला।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप