रवि लामिछानेले चितवन अदालतमा लिए तारेख
मङ्गलबार, ०८ पुस २०८२, १४ : ५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन पुगेर तारेख लिएका छन् । मंगलबार उनी सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना प्रकरणमा जिल्ला अदालतमा पुगेर तारेख लिएका हुन् ।
सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा थुनामा रहेका लामिछाने पुस ३ मा रिहा भएका थिए ।
चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउन आफ्नो पार्टी अघि बढिरहेको बताए ।
चितवनबाट तारेख लिएर उनी रुपन्देही जिल्ला अदालततर्फ लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण