जाँचबुझ आयाेगमा बयान दिन जालान् रमेश लेखक ?
काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घटनासम्बन्धी सरकारले गठन गरेको जाँचबुझ आयोगले पठाएको भनिएको पत्र आफूले नपाएको बताएका छन् ।
उनले आफूले मिडियाबाट पत्र पठाएको भन्ने जानकारी पाएको तर आयोगबाट कुनै जानकारी पनि नआएको र पत्र पनि नपाएको बताए ।
‘छानबिन आयोगको पत्र मैले पाएको छैन,’ लेखकले रातोपाटीसँग भने, ‘मिडियाबाट पत्र काटेको सुने । आयोगबाट कुनै जानकारी र पत्र पाएको छैन ।’
उनले पत्र पाएपछि बयान दिन जानुहुन्छ ? भन्ने रातोपाटीको प्रश्नमा लेखकले भने, ‘पत्र पाएपछि के गर्ने भन्ने सल्लाह गर्छु । पहिला पत्र त पाउनुपर्यो ।’
जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानमा उपस्थित हुन आग्रह गर्दै पत्र लेखेको छ । भदौ २३ गतेसम्म लेखक गृहमन्त्री थिए । उनले सोही राति पदबाट राजीनामा दिएका थिए ।
जेनजी आन्दोलनको क्रममा भएको मानवीय क्षतिमा लेखक गृहमन्त्री भएकाले जवाफदेही हुनुपर्ने जेनजीहरूले बताएका छन् ।
सरकारले जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वअधयक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको आयोग बनाएको छ ।
आयोगको कार्यकाल तीन महिना तोकिएकोमा काम नसकिएको भन्दै मन्त्रिपरिषद् बैठकले एक महिना समय थप गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण