मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

आयोगले लेखकलाई शुक्रबारका लागि बयानमा बोलायो, ओलीलाई पनि पत्र काट्ने तयारी

मङ्गलबार, ०८ पुस २०८२, १५ : २४
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको घटनासम्बन्धी बयानका लागि रमेश लेखकलाई बोलाएको छ।
  • आयोगले शुक्रबार बयानका लागि बोलाएको र यसअघि प्रशासनिक र प्रहरी अधिकारीसँग बयान लिइसकेको छ।
  • लेखकपछि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ।

काठमाडौँ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ । 

आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार बयानका लागि बोलाएको आयोगका एक पदाधिकारीले रातोपाटीलाई बताए ।

आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन लागेको हो । 

लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आयोगले बयानका लागि झिकाउन पत्र काट्ने तयारी गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप